आइतबार , बैसाख ५, २०७८

रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो

रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ का वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा प्रचण्ड–नेपाल समूहसँग सत्ता साझेदारीको कुनै सम्भावना नरहेको बताएका छन् ।

बिहीबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहसँग अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र श्रेष्ठबीचको भेटमा सत्ता साझेदारीको गर्ने निर्णय भएकाे समाचार बाहिरिएपछि महतोले त्यसको प्रतिवाद गर्दै यस्तो बताएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

५ पुषमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको प्रतिगमन सर्वोच्चले सच्चाए पनि संविधान लेख्दादेखिको प्रतिगमन नसच्चिएको महतोले बताएका छन् । उनले भनेका छन्, ‘ केपी ओलीको प्रतिगमन सच्चियो तर, संविधान लेख्दा कांग्रेस–कम्युनिस्टले जुन प्रतिगमन गरेका थिए त्यो अझै यथावत् नै छ । त्यसो त प्रतिगमनका विरुद्ध लड्ने रेशम चौधरी जेलमा छन् । यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ ?’

यसकारण प्रतिगमन यथावत राखेर सहकार्य कसरी गर्न सकिन्छ भन्दै महतोले प्रश्न गरेका छन् । जसपाले उठाएका मुद्दा गम्भीर रहेको र संघर्ष जारी रहेकाले कुनै पनि अवस्थामा सत्ता साझेदारी नहुने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय