बुधबार , बैसाख ८, २०७८

फागुन २० गते नेकपाको नाम विवादमा फैसला हुने

फागुन २० गते नेकपाको नाम विवादमा फैसला हुने

१३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फागुन २० गते फैसला सुनाउने भएको छ । ऋषिराम कट्टेलले सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले २० फागुनमा फैसला सुनाउने भएको हो ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ सकिएको छ । इजलासले सुनुवाइ सकिएपछि २० फागुनमा निर्णय सुनाउने छ । तत्कालिन एमाले र माओवादीबीच एकीकरण भएर २०७५ जेठ ३ मा नेकपा बनेको थियो । त्यसपछि कट्टेलले आफू नेतृत्वको नेकपासँग नाम जुधाँएको भन्दै निर्वाचन आयोगमा उजुरी गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आयोगले ०७५ कात्तिक ९ गते एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपाको पक्षमा निर्णय गरेको थियो । त्यसपछि कट्टेलले आयोगलाई समेत विपक्षी बनाएर ०७५ मंसिरमा २१ मा रिट दायर गरेका थिए ।

त्यही रिटमाथिको बहस बिहीबार न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा सकिएको हो । अहिले नेकपा आफै विवादमा रुमल्लिएको बेलामा अदालतले नामबारे निर्णय दिन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय