शनिबार , जेठ १, २०७८

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

१५ फागुन, काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुष शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो ।

आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सिंगटी हाइड्रो इनर्जीको शेयरमा उच्च खरिद माग, सर्किट लेवलमा कारोबार सिंगटी हाइड्रो इनर्जीको शेयरमा उच्च खरिद माग, सर्किट लेवलमा कारोबार २ हप्ता पहिले
ओलीलाई मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक ओलीलाई मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक ५ दिन पहिले
कुईनेस्थित कर्णाली नदी पर्यटकका लागि -याफ्टिङ स्थल बन्दै कुईनेस्थित कर्णाली नदी पर्यटकका लागि -याफ्टिङ स्थल बन्दै ३ हप्ता पहिले
पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रमको उद्घाटन पूर्ण खोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा कार्यक्रमको उद्घाटन ३ हप्ता पहिले
एक प्रतिशतले बढेको बजारमा हिमालयन इन्स्योरेन्ससहित सात कम्पनीको शेयरमूल्यमा गिरावट एक प्रतिशतले बढेको बजारमा हिमालयन इन्स्योरेन्ससहित सात कम्पनीको शेयरमूल्यमा गिरावट ४ दिन पहिले
रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण हुने रामघाटमा ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्माण हुने ३ हप्ता पहिले
कोरोना संक्रमित पूर्वरानीकाे स्वास्थ्यमा सुधार कोरोना संक्रमित पूर्वरानीकाे स्वास्थ्यमा सुधार १ हप्ता पहिले
नेपाल समूहद्धारा आयोगमा लिखित निवेदन दर्ता नेपाल समूहद्धारा आयोगमा लिखित निवेदन दर्ता ४ हप्ता पहिले