आइतबार , जेठ २, २०७८

त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु

त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु

१६ फागुन, काठमाडौं । वाग्मती, रुद्रमती र मनोहरा नदीको सङ्गमस्थल शङ्खमूल त्रिवेणीधाममा माघ शुक्ल पूर्णिमादेखि भक्ति सङ्गीतसहित आरती सेवा शुरु भएको छ । चन्द्रमासअनुसार हरेक महिनाको पूर्णिमाका दिन आरती गर्ने र अरु दिन त्रिवेणीधाम क्षेत्रका तीनवटै नदीलाई सफाइ गर्ने अभियान शुरु गरिएको शङ्खमूल त्रिवेणीधाम आरती सेवा समूहले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेसका नेता एवं सो क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद प्रकाशमान सिंहले नदी सभ्यता र धर्म, संस्कृतिको संरक्षणमा समुदाय लाग्नुपर्ने बताए । काठमाडौं महानगरपालिका–३१ मा पर्ने शङ्खमूल त्रिवेणीधाम धार्मिक एवं पौराणिक हिसाबमा महत्वपूर्ण तीर्थस्थल भए पनि ओझेलमा परेकाले समूहले यसको प्रचारप्रसार एवं महत्व समुदायसम्म लैजान काम गर्ने अध्यक्ष मदनगोपाल धुँजु श्रेष्ठले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्रिवेणीधाम संरक्षणका लागि आर्ट अफ लिभिङ, हनुमान आरती मण्डल, ओम शान्तिलगायत संस्थासँग समेत सहकार्य गरेर काम गरिएको समूहले जनाएको छ । साप्ताहिकरूपमा नियमित सफाइ र मासिकरूपमा शङ्खमूल त्रिवेणीधाममा नियमित आरती गरेर महत्वपूर्ण धार्मिकस्थलको संरक्षण गर्न लागिएको समूहका सहसंयोजक प्रेमबहादुर शाक्यले बताए ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र गणेश दुलाल, काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी र वडा नं ३१ का अध्यक्ष नारायण भण्डारीलगायतको पनि सभागिता थियो । कार्यक्रममा जनप्रतिनिधिले सम्पदास्थलको संरक्षणमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कक्षा ६ मा पढ्दा पढ्दै माया बसेपछि भागी विवाह गरेका किशोर पक्राउ कक्षा ६ मा पढ्दा पढ्दै माया बसेपछि भागी विवाह गरेका किशोर पक्राउ २ हप्ता पहिले
गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ ३ दिन पहिले
भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु ५ दिन पहिले
यी हुन् आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने पाँच ब्याट्सम्यान ‘सूचीसहित’ यी हुन् आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने पाँच ब्याट्सम्यान ‘सूचीसहित’ ३ हप्ता पहिले
माधव पक्षको राजीनामा रोक्ने ओली सक्रिय, कानुन व्यवसायीद्धारा राजीनामा नगर्न सुझाव माधव पक्षको राजीनामा रोक्ने ओली सक्रिय, कानुन व्यवसायीद्धारा राजीनामा नगर्न सुझाव २ दिन पहिले
भक्तपुरमा टिपर र बाईक ठोक्किँदा एकको मृत्यु भक्तपुरमा टिपर र बाईक ठोक्किँदा एकको मृत्यु ३ हप्ता पहिले
पूर्व सभापति न्यौपानेको निधनमा डा.शेखरद्वारा दुःख व्यक्त पूर्व सभापति न्यौपानेको निधनमा डा.शेखरद्वारा दुःख व्यक्त ३ हप्ता पहिले
भक्तपुरको डोलेश्वर रिर्सोटमा जसपाका १३ सांसद बिराजमान भक्तपुरको डोलेश्वर रिर्सोटमा जसपाका १३ सांसद बिराजमान २ दिन पहिले