पर्याप्त र राम्रो निद्रा स्वास्थ्यका लागि अपरिहार्य
नेपालबहस संवाददाता
फागुन १६, २०७७ सोमबार ०:४९:५
१६ फागुन, काठमाडौं । तपाई हामी सबैलाई थाहा छ, सन्तुलित खाना, स्वच्छ पानी, शुद्ध वायु जस्तै अपरिहार्य छ । गहिरो निद्रा । जब निद्रा विथोलिन्छ, स्वास्थ्यमा गडबड सुरु हुन्छ । अनिद्रा आफैमा एक यस्तो समस्या हो, जसले अरु समस्या पैदा गर्छ । उच्च रक्तचाप, मधुमेह, तनाव, छटपटीसँगै अरु रोगहरु यसले निम्त्याउँछ ।
पर्याप्त र राम्रो निद्रा स्वास्थ्यका लागि आवश्यक हुन्छ । निद्रा वि श्रामको गहिरो प्राकृतिक तरिका हो । निद्राले शरीरका अंग र मन-मस्तिष्कलाई गहन वि श्राम दिन्छ । एक प्रकारले मन।मस्तिष्क तथा सम्पूर्ण शरीरलाई रिचार्ज गर्छ भन्दा हुन्छ । निद्राबिना मस्तिष्कले ठीक काम गर्न सक्दैन ।
निद्राले मन तथा शरीरलाई अनेकौं फाइदा दिन्छ । शारीरिक तथा मानसिक थकान हटाउछ । मन-मस्तिष्क तथा सम्पूर्ण शरीरलाई पनुर्ताजगी गर्छ । शरीरमा नयाँ शक्ति सञ्चार गर्दछ । रोगप्रतिरोध शक्ति बढाउँछ । स्वास्थ्य ठीक राख्छ । ओजतेज बढाउँछ । मनलाई पनि आराम दिन्छ । उपर्युक्त लाभ प्राप्त गर्न दैनिक ६ देखि आठ घन्टा गाढा निद्रा सुत्नु आवश्यक छ । प्रत्येक दिन ६ घन्टाको गहिरो तथा निश्चिन्त निद्रा पूर्ण वि श्रामको प्रक्रिया हो ।
अनेक कारणले गर्दा कतिपय मानिसलाई ठीकसँग पर्याप्त निद्रा लाग्दैन । कहिलेकाहीँ निद्रा नलाग्नु समान्य हो । तर लगातार अनिद्राको समस्या देखिनु अनिद्रा रोग ‘इनसोम्निया’ भएको हुन सक्छ । यो रोगबाट विश्वका करिब ३० प्रतिशत मानिस प्रभावित छन् । भागदौडको जीवनशैलीसँगै यो समस्या संसारभरि फैलिएको छ । नेपालमा पनि अनिद्राबाट पीडितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
बेलुकाको खाना छिटो खाने
निद्रा विशेषज्ञ र मेडिकल अनुसन्धार्ताहरुले धेरैजसो रातको खाना विस्तरामा जान भन्दा डेढ घन्टा पहिले खानुपर्नेमा जोड दिने गर्छन । अन्यथा अपच हुन सक्छ । अपच अनिद्राको मुख्य कारण हो ।
आफ्नो ओछ्यान बदल्ने
असजिलो डसना वा म्याट्रेसले पनि तपाईको निन्द्रा खराब गर्न सक्छ । तपाईलाई रातभर उठ्न र यताउता फर्कन बाध्य बनाउन सक्छ । यसले मांसपेसीहरुमा तनाव, नशा च्यापिने, शरीर दुख्ने र शारीरिक बनावटमा दिर्घकालिन क्षति पुर्याउन सक्छ । ओछ्यान सजिलो भएमा मात्रै तपाई आनन्दले निदाउन सक्नुहुन्छ ।
सुत्ने स्थान
तपाईले आफू सुत्ने स्थानमा कामसँग जोडिएका वस्तुहरु, मोबाईल वा अन्य मनोरञ्जनका साधनहरु नराख्नुहोस । कुने विशेष स्थानलाई ‘आरामक्षेत्र’ घोषणा गरेर त्यहाँ आरामदायक निन्द्राको लागि सहायक हुने वस्तुहरु जस्तै बास्नादार मैनबत्तिहरु, ध्यान एकाग्र गर्ने संगीत जस्तै पानी परिरहेको जस्तो निरन्तर आउने आवाज आउने व्यवस्था गर्नुहोस । यस्तो गरेमा तपाईको दिमागलाई आवश्यक शान्ती प्राप्त हुन्छ र तपाई आरामले निदाउन सक्नुहुन्छ ।
सल्लाह लिने
जब हामी आफ्नो कार्यस्थलमा पुरै समय व्यस्त हुन्छौं र यसपछि हामी जब एक्लो हुन्छौं त्यतिखेर चिन्ता र अत्यासको कारण हामीलाई निन्द्रा आउँदैन । जब अनिन्द्रा र बेचैनी एकैसाथ हुन्छ यसको अन्तर थाहा पाउन कठिन हुन्छ । त्यसैले हामीले आफ्नो चिन्ता, आशंकाहरुको बारेमा समय छँदै कोही नजिकको साथीलाई यो कुरा भन्नु पर्छ जसले हाम्रो सहयोग गर्न सक्छन र त्यसले अनिन्द्राको समस्या बेलैमा समाधान हुनसक्छ ।
शारीरिक श्रम वा व्यायाम
थाकेको शरीरलाई आरामको आवश्यकता हुन्छ । दैनिक कम्तीमा पनि एक घन्टा कठिन परिश्रम गर्ने, नियमित योग वा एक्सरसाइज गर्ने, कार्यस्थलमा एकछिन भनेपनि हिँड्ने बानी बसाल्ने तथा हातहरुको हल्का परिश्रम सुनिश्चित गरेमा पनि तपाई आरामले निदाउन सक्नुहुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार