शनिबार , जेठ १, २०७८

एक अनाथ बालिकालाई बलात्कारको प्रयास गर्ने आरोपी पक्राउ

एक अनाथ बालिकालाई बलात्कारको प्रयास गर्ने आरोपी पक्राउ

१६ फागुन, मोरङ । मोरङको जाहदा गाउँपालिकाका एक अनाथ बालिकालाई बलात्कारको प्रयास गर्ने आरोपी पक्राउ परेका छन् ।अविभावकबिहीन ११ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने स्थानीय ४५ वर्षीय राजेन्द्र सरवरीया शनिवार सुनसरीको साहेवगंजस्थित नेपाल भारतको सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् ।

गएको फागुन ६ गते बिहीवार नै बलात्कार गरेको प्रयास गरे पनि एक हप्तापछि घटना सार्वजनिक भएको हो । मोरङको जाहाद नगरपालिका १ स्थित धुनिटोलमा एक ११ वर्षीय बालिकामाथि बलात्कारको प्रयासको घटनालाई गाउँमा स्थानीय अगुवा र छिमेकीको दबाब दिएर मिलाउने प्रयास गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अगुवाहरुको दबाबका कारण एक सातासम्म ‘गुपचुप’ पारिएको बलात्कार प्रयासको घटना एक हप्ता पश्चात सार्वजनिक भएको हो । सबैतिरको दबाब झेल्दै न्यायका लागि प्रहरीसम्म पुग्न नसकेका उनका आफन्त त्यसलाई चिर्दै कानुनी लडाइँमा निस्किएका छन्।

बलात्कार प्रयास भएको जानकारी दिन पीडित पक्ष इलाका प्रहरी कार्यालय रानीमा आएपछि घटना बाहिरिएको इप्रका रानीका प्रहरी निरक्षण दिपक थापाले बताए । नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय