जसपाले बल्ल टुंग्यायो जनवर्गीय संगठनको नाम
नेपालबहस संवाददाता
फागुन १६, २०७७ सोमबार १:१३:५
१६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ले आफ्ना जनवर्गीय संगठनका नाम टुंगो लगाएको छ । आइतबार बसेको पार्टी समायोजन सहजीकरण कार्यदलको बैठकले जसपाका भ्रातृ–जनवर्गीय संगठनको नाम निर्धारण गरेको हाे ।
जसपाका अनुसार राष्ट्रिय समाजवादी ट्रेड युनियन महासंघ नेपाल, राष्ट्रिय समाजवादी खेलकुद महासंघ नेपाल, जनता समाजवादी थारू संघ, समाजवादी भूपू सैनिक तथा प्रहरी महासंघ, जनता समाजवादी सांस्कृतिक महासंघ, जनता समाजवादी युवा संघ, जनता समाजवादी महिला संघ र नेपाल सुकुम्बासी व्यवस्थापन संघको नाम टुंगो लागेको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीबीच गत १० वैशाखमा पार्टी एकता भएर जसपा गठन भए पनि पार्टीले अहिलेसम्म एकताका सबै प्रक्रियाहरू टुंग्याउन सकेको छैन । जनता समाजवादी पार्टी ‘जसपा’ले एकताको ११ महिनामा पाँच शीर्ष नेताको मात्रै मर्यादा टुंग्याएको छ ।
टुंगिएको मर्यादाअनुरूप पहिलोमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई छन् । दोस्रो र तेस्रोमा क्रमशः अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको मर्यादा राखिएको छ । चौथो र पाँचौँमा क्रमशः वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो छन् । जसपाले एकीकरण गरेको ११ महिना बित्दासम्म सांगठनिक संरचनामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति, एक सय ५१ सदस्यीय राजनीतिक समिति र आठ सय सदस्यीय केन्द्रीय समितिको संख्या मात्र टुंग्याएको छ ।
टुंग्याएकोमध्ये कार्यकारिणी समिति र केन्द्रीय समितिमा सदस्य मनोनीत भइसकेका छन् भने राजनीतिक समितिको काम अझै टुंगिएको छैन । संगठनको ५१ सदस्यीय कार्यकारिणी समितिमा राष्ट्रिय जनता पार्टीका २६ र समाजवादी पार्टीका २५ सदस्य छन् ।
आठ सय सदस्यीय केन्द्रीय समितिमा दुई पार्टीका आधा–आधा राख्ने सहमति भएको छ भने संख्या मात्रै टुंग्याइएको राजनीतिक समितिमा ७५–७५ जना भागबन्डा गर्ने सहमति बनेको छ । तर, समिति बनिसकेको छैन । जिल्ला र स्थानीय तहको समायोजन गएको २९ माघभित्र टुंग्याइसक्ने भनेको जसपाले अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार