तीन वर्षको अवधिमा १०५ पुल निर्माण
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २०:५७:४१
१७ फागुन,झापा । अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि स–साना खोलाका कारण वल्लो पल्लोगाउँ पुग्नै घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्दै नगरपालिकाले आन्तरिक बजेटबाट रु १२ लाखदेखि रु ४५ लाखसम्मको बजेटमा पक्की पुल र कल्भर्ट बनाएको हो ।
विसं २०७४ साउन २७ गते जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा कल्भर्ट र पुल निर्माणको कार्य रहेको देखिन्छ । “हामी निर्वाचित भएर आउनुअघि नै वर्षाका कारण आएको भीषण बाढीले एकै दिन नगरभित्रका ५३ वटा पुल र कल्भर्ट भत्काएको थियो”, नगरपालिकाका प्रमुख हरि रानाले भने, “त्यो साल तिनै कल्भर्ट र पुल बनाउँदै बित्यो, थप केही गर्न सकिएन ।”
नगरभित्र साना ठूला दर्जनौँ खोलाखोल्सी भएका कारण एउटा वडाबाट अर्को वडा पुग्न वा आफ्नै वडाको वल्लो गाउँबाट पल्लो गाउँ पुग्न लाग्ने घण्टौँ समयको पुल र कल्भर्टले बचत गरेको उनको भनाइ छ । उनले आर्थिक वर्ष २०७५/७६ मा थप ३० वटा र आव २०७६/७७ मा २२ वटा गरी जम्मा १०५ वटा पक्की पुल र कल्भर्ट निर्माण गरिसकेको बताए ।
नगरप्रमुख रानाले नगरभित्रका क्षेत्रलाई मात्र जोड्ने नभई छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाबाट अर्जुनधारा–१ जोड्ने नेते खोलामा संयुक्त लगानीमा रु ६० लाखको लागतमा २० मिटर र इलामकै माई नगरपालिकासँग मिलेर साढीमुरे खोलामा रु २३ लाखको लागतमा १४ मिटर लम्बाइको पुल निर्माण गरिसकेको बताए ।
उनले अझै ११ वटा पुल, कल्भर्ट नगरपालिकाभित्र आवश्यक रहेको बताउँदै चालु आर्थिक वर्षभित्रै बनाइसक्ने योजना सुनाए । पहिलो प्राथमिकता पुल कल्भर्टलाई दिए पनि अब सडक विस्तारको योजनालाई तीव्रता दिइने उनले बताए । उनले नगरसँग आन्तरिक बजेट पर्याप्त नहुँदा ठूला भनिएका बिरिङ र टाङटिङ खोलामा पक्की बनाउन नसकिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार