घरघरमा पानी पु¥याउने अभियानमा स्थानीय तह
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १९:३७:२६
१८ फागुन,इलाम । स्थानीय तहमा प्रतिनिधि आएपछि विकासका फड्को मारेको देखिन्छ । स्थानीय तह यतिबेला कतै सडक खन्नमा तल्लीन छन् भने कतै आफ्नै भवन निर्माणमा व्यस्त छन् ।
यहाँका स्थानीय तहले भने विकास निर्माणका अन्य कार्यसँगै खानेपानी योजना निर्माणमा तल्लीन छन् । कतै खानेपानीका लागि योजना बन्दैछन् भने कतै पाइप बिच्छ्याउन व्यस्त छन् । यहाँको सूर्योदय नगरपालिकाले रु ६६ करोडको खानेपानी योजना सञ्चालन गर्ने भएको छ । सूर्योदयको कन्याम, लक्ष्मीपुरलगायत १४ वटै वडामा खानेपानी समस्याको दिगो समाधानका लागि विभिन्न आयोजना निर्माण गर्न बोलपत्र आह्वान गरिइएको छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतको इलाम कार्यालयबाट सञ्चालन हुने कन्याम पञ्चकन्या खानेपानी योजनाबाट सूर्योदयको मात्र नभइ इलाम नगरपालिका र रोङ गाउँपालिकासमेत लाभान्वित हुनेछन् । योजनाको प्रक्रिया अघि बढेपछि भविष्यमा नगरमा खानेपानीमा आउने सक्ने समस्या समाधानको निम्ति ऐतिहासिक कार्य भएको नगर प्रमुख रणबहादुर राईले बताए ।
तीन वर्षमा योजना सम्पन्न हुनेछ । आयोजनको लागि सरकारको ९० प्रतिशत र १० प्रतिशत जनसहभागिता रहनेछ । जनसहभागिताको १० प्रतिशतभित्र बुझाउनुपर्ने अग्रिम एक प्रतिशत शुल्क अर्थात रु ६६ लाख जम्मा गरिसकेको राईले बताए । बाँकी ९ प्रतिशत संरचना निर्माणका लागि जग्गा व्यवस्थापन, धारा जडान, पाइपलाइन विस्तारका लागि जनश्रमदान रहने छ । यस्तै, इलाम सदरमुकामस्थित इलाम नगरपालिकामा पनि खानेपानी योजना निर्माणाधीन छ । ‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ आउँदो चैतसम्ममा सक्ने योजनाका साथ निर्माण गरिँदै छ । इलाम नगरवासीको स्वच्छ खानेपानीमा सहज पहुँचमा पु¥याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरु गरेको थियो ।
हालसम्म योजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । पाइप लाइन विस्तार गर्ने काम सकिएको छ भने ट्याङ्की बनाउने काम भइरहेको छ । निर्धारित समयमै योजना सम्पन्न गर्नका लागि योजनाबद्ध रूपमा ‘युद्धस्तर’मा काम भइरहेको आयोजना समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । ४२ किमी टाढा सन्दकपुर गाउँपालिकाबाट पानी ल्याउन लागिएको हो । हालसम्म पाइप विच्छाउने काम भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणका लागि इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाख ७ हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट रु १४ करोड ४८ लाख ७६ हजार ७५० ऋण लिएको छ ।
बीस वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण लिएको हो । त्यस्तै, उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत अर्थात् रु दुई करोड ८९ लाख ७५ हजार ३५० मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आर्थिक वर्ष २०७७÷७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एशियाली विकास बैंक ९एडिबी० ले ७० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको थियो । गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता गरिएको थियो ।
सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्हार गर्ने जनाएको छ । एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउनेछ । साना शहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना शहरीले सदरमुकामबाट करीब ३२ किलोमिटर सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाइन तयार भएको छ ।
नगरमा अहिले आइरहेको खानेपानीकै दुईवटा मूल प्रयोग गरिने छ भने थप तीन वटा नयाँ प्रयोग गरिने छ । पुरानो आयोजनाबाट पानी पर्याप्त नभएपछि नगरले नयाँ आयोजना शुरु गरेको हो । नगरभित्र २४ घण्टै खानेपानी झार्न यो आयोजना निर्माण थालिएको हो । हाल नगरमा प्रति दिन एकदेखि दुई घण्टा मात्रै पानी आउने गरेको छ । आयोजनाको शुरुको वर्ष दुई हजार ७९८ घरधुरीको २१ हजार ४३३ उपभोक्तालाई दिनको सय लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । २० वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको सङ्ख्या ३० हजार ३२५ पुग्ने अनुमान छ ।
नगरवासीलाई खानेपानीको सहज पहुँज पु¥याउन यो आयोजना ल्याइएको हो । नगरमा केही वर्ष पहिले पनि सन्दकपुरबाटै खानेपानी ल्याइएको छ । तर, त्यो पानीले पर्याप्त नभएपछि नयाँ आयोजना थप गरिएको हो । आयोजनाका अनुसार पाँच वितरण केन्द्रमार्फत नगरमा पानी वितरण गरिने छ । अध्यक्ष थापाका अनुसार इलाम सदरमुकामस्थित गुम्बा डाँडा, भ्यु टावर, गोलाखर्क, महेन्द्ररत्न बहुमुखी क्याम्पस र पुरानो आदर्श खसी बजारबाट वितरण गरिने छ । वितरणका लागि गुम्बाडाँडा र महेन्द्ररत्न क्याम्पसमा ५०÷५० हजार लिटर र अन्य तीनवटा ट्याङ्की एक लाख ५० हजार लिटरका रहने जनाइएको छ ।
आयोजनाका लागि पानी परीक्षणस्थलको काम पनि तीव्र रूपमा भइरहेको छ । पाइप विच्छाएर, ट्याङ्की निर्माण सकिएपछि निर्माण सम्पन्न हुने जनाइएको छ । यता, नगरले नै खानेपानीको सहज पहुँच पु¥याउन वडा नं ११ स्थित सोयाकमा ‘डिप बोरिङ’मार्फत जमीन खनेर पानी ल्याउन थालेको छ । जमिनमुनि करीब १२३ मिटर खनिएको खानेपानी आपूर्ति गर्न थालेको हो । नगर क्षेत्रमा खानेपानीको अभाव भएकाले विभिन्न माध्यमबाट पानी ल्याउनुपर्ने बाध्यता छ ।
नगरपालिकाले खानेपानीकै लागि मोटो रकम खर्चेको छ । अन्य क्षेत्रबाट पानी ल्याउन नसकिने अवस्थामा नगरपालिकाले यो माध्यमबाट ल्याउन ल्याएको हो । यसका लागि नगरपालिकाले रु दुई करोड ४७ लाख ८० हजारको लागतमा बोरिङबाट पानी ल्याएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार