विराटनगरमा अब अनलाइनबाट कर तिर्न सकिने
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १६:२८:४४
१९ फागुन, विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजश्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।
कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढङ्गले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको छ । महानगर प्रमुख भीम पराजुलीले उक्त प्रविधिबाट नगरवासीले सहजरूपले राजश्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलब्ध गराउन आवश्यक सुझावका लागि आग्रह गरे ।
उनले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहजरूपले अनलाइन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य सेवासुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार