प्रम रोजगार कार्यक्रम वडाबाटै सञ्चालन
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १९:१:१२
१९ फागुन,रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित बजेट सबै वडामा पठाउने भएको छ । पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि विनियोजित सशर्त अनुदानको रु एक करोड ४४ लाख २५ हजार बजेट वडामा सूचीकृत बेरोजगार सङ्ख्याका आधारमा गाउँपालिकाको आठवटै वडामा पठाउने निर्णय कार्यपालिका बैठकले गरेको छ ।
यस्तै जिल्ला सदरमुकाम छिप्रीदहमा बजारीककरण बढेसँगै सार्वजनिक शौचालयको आवश्यकता खड्किएको छ । सार्वजनिक शौचालय नभएकै कारण नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । सोही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतमा बसेको ५९ औं कार्यपालिका बैठकले सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ जसका लागि रु तीन लाख ५० हजार बजेट छुट्याइएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए ।
उनका अनुसार सिस्ने हिमालको प्रचारप्रसारसँगै पर्यटकहरुका लागि पदमार्ग पनि निर्माण गरिने भएको छ । रुकुम ९पूर्व० महत्वपूर्ण पर्यटकीय गन्तव्य सिस्ने हिमालको आरोहणसँगै सोही हिमाल हुँदै पुथा हिमाल र ढोरपाटनसम्म पुनः सिस्ने हिमाल हुँदै डोल्पा जान रुचाउने पदयात्रीका लागि पदमार्ग निर्माण गरिने भएको हो । जसका लागि रु तीन लाख ७० हजार बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता केसीले बताए । हालसालै मात्र हिमाल आरोही मानबहादुर खत्री नेतृत्वको टोलीले सिस्ने राउण्डको अन्वेषण गरिसकेको छ । गाउँपालिकाले पनि रुकुम ९पूर्व० का हिमालहरुसँग रमाउँदै डोल्पा जाने पदमार्ग निर्माण ग¥यो भने पर्यटनको क्षेत्रमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यतिमात्र नभई सिस्नेले गाउँपालिकाभित्र रहेका दलित तथा अति विपन्न बिरामीको उपचारका लागि रु १० हजार बराबरको उपचार कोष खडा गर्ने निर्णय गरेको छ । पहिले जटिल प्रकारका रोगहरु लागेका बिरामीलाई सहयोग गर्दै आएको गाउँपालिकाले अहिलेको कार्यपालिका बैठकबाट साना रोग लागे पनि उपचार गर्न नसक्ने दलित तथा अति विपन्न परिवारका लागि उक्त कोष खडा गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दलित तथा अति विपन्न परिवारका लागि उपचार कोष खडा गरेपछि लक्षित समुदायका व्यक्ति खुशी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार