बारेकोटमा भेटिए ८८ प्रजातिका लोपोन्मुख चरा
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २०:३६:१५
१९ फागुन,जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ ।
विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटासन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची ९आइआइमा० मा सूचीकृत कालो चिल र कालिज, काकाकुल तथा कर्रासुगा फेला परेको रेड पाण्डा नेटवर्कका भूपाल केसीले जानकारी दिए । कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि फेला परेको छ । जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीन दिन लगाएर गरिएको अध्ययनबाट सो तथ्य पत्ता लागेको हो ।
रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा रेड पाण्डा नेटवर्कका संयोजक सरोज श्रेष्ठ, केसी, चितवन बर्ड सोसाइटीका अध्यक्ष रमेश चौधरी, शिक्षक कालीबहादुर थापा, सामुदायिक वनका वनरक्षकसहितको टोलीले वडा नं १ का कोल्ली खोला, रामीडाँडा, आग्रखोला, नीलापारा, ध्यापा टाकुर, वडा नं २ को लिम्सा जङ्गल, वडा नं ४ का मैना, जम्काखोला, कलेबारी, मारेपानी, जङ्गल तल्कोट, रतनकोट, पाखा, धाउखानीलगायत जङ्गलमा अध्ययन गरिएको थियो ।
रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरङ्गी पाइएको पक्षी संरक्षक गोविन्दबहादुर सिंहले जानकारी दिए । मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरिका चरा फेला परेका थिए । बारेकोट मात्र नभएर जाजरकोट चराको नमूना क्षेत्र नै भएको केसीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार