प्रदेश उच्च शिक्षा छात्रवृत्ति जुम्लाले पनि पायो
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार २०:५५:५७
१९ फागुन,जुम्ला । कर्णाली प्रदेश सरकारको चालू आव २०७७/७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले वर्षेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत विनियोजन गर्ने बजेट रकम नौ जिल्लामा गए पनि चालू आवमा जुम्ला भने छुटेको थियो । मन्त्रालयले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
यही सवालमा रहेर राससले ‘प्रदेश सरकारको उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन’ भन्ने शीर्षकमा यही फागुन १२ गते समाचार लेखेको थियो । समाचार प्रकाशनपश्चात् एक हप्ताभित्र मन्त्रालयले जुम्लाका लागि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत रु १४ लाख ८० हजार निकासा पठाएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारले जानकारी दिए ।
छुटेको बजेट व्यवस्थापन गर्न असोज १६ गते नै सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्लागत बजेट खर्चमा सामाजिक विकास कार्यालय जुम्लाको छात्रवृत्तितर्फको बजेट विनियोजन नभएको व्यहोरा जानकारी गराउँदै सो बजेटको व्यवस्था गरी प्रादेशिक मन्त्रालय गत बजेट सूचना प्रणालीमा प्रविष्ट गराउन कार्यालय प्रमुख सुनारले मन्त्रालयलाई सम्बोधनको पत्राचार गरेका थिए ।
बजेटका सन्दर्भमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जुम्लाको छात्रवृत्तिका लागि रकमान्तरको फाइल आर्थिक मामिला मन्त्रालयले दिँदा पनि उक्त फाइल च्यापिराखेको भन्दै सामाजिक विकास मन्त्रालयले जतिभन्दा पनि आर्थिक मामिला मन्त्रालयले सुनुवाइ नगरेको बताए । कार्यालय प्रमुख सुनारले भने मन्त्रालयलाई पत्राचार गर्नाका साथै बेलाबेलामा मौखिकरूपले पनि घच्घच्याई रहनुभएको थियो तथापि त्यसको सहज सुनुवाइ भएको थिएन ।
सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले छात्रवृत्तिको बजेट नपर्नुमा जुम्ला सामाजिक विकास कार्यालयको कमजोरी भएको दोषारोपण गरेका थिए । उच्च शिक्षा छात्रवृत्तिको बजेट जुम्लाका लागि सम्बोधन हुन्छ कि हुँदैन भन्ने राससको प्रश्नमा सचिव पौड्यालले आगामी आर्थिक वर्षमा मात्र बजेट जाने जवाफ दिएका थिए । अन्ततः जुम्लाका लागि बजेट छिटो निकासा हुँदा ठूलो राहत पुगेको कार्यालय प्रमुख सुनारले जनाए ।
सामाजिक विकास कार्यालय जुम्लाका अनुसार प्राप्त बजेटमा उच्च शिक्षा छात्रवृत्ति छोरीबुहारीतर्फ रु एक लाख नबढाई १०, दलित र अपाङ्गतर्फका छात्रवृत्तिमा प्रतिव्यक्ति रु २४ हजारका दरले १०र१० जना गरी कूल जम्मा ३० जनालाई उपलब्ध गराइने र त्यसका लागि विद्यार्थीको आवेदन लिने काम शुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार