सन्दीपले पाए काठमाडौं मेयर टिमको कप्तानी
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार २०:४९:२८
२१ फागुन, काठमाडौं । राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले शनिबारदेखि काठमाडौंमा सुरु हुन लागेको मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
उनले काठमाडौं मेयर-११ टिमबाट प्रतियोगिता खेल्ने भएका हुन् । काठमाडौं मेयर-११ ले पहिलो खेल आइतबार बागमती प्रदेशविरुद्ध खेल्ने छ ।
पाकिस्तान सुपर लिग (पीएसएल) स्थगित भएपछि सन्दीपले मेयर कप खेल्ने भएका नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार सन्दीपले मेयर-११ को कप्तानी पनि गर्नेछन् । उनी पीएसएलका लागि गत शनिबार पाकिस्तान प्रस्थान गरेका थिए ।
केही खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
सन्दीप राशिद खानको स्थानमा पीएसएलमा जोडिएका थिए । उनी एक म्याच पनि नखेल्दै शुक्रबार नेपाल पुग्दैछन् ।
भोलिदेखि सुरु हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, वागमती प्रदेश र काठमाडौं मेयर-११ क्लबले प्रतियोगिता खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।
काठमाडौं मेयर-११ को टिम – सन्दीप रजाली, खड्गबहादुर बोहरा, हरिशंकर शाह, सौरभ खनाल, विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही, बिपिन रावल, बिपिन खत्री, सन्दीप लामिछाने ९कप्तान०, सिद्धान्त लोहनी, अर्जुन कुमाल, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ
बैशाख ३१, २०८१ सोमबार