आइतबार , बैसाख ५, २०७८

संसद पुनस्थापना भएपछि फेरि तमासा सुरुः ओली

संसद पुनस्थापना भएपछि फेरि तमासा सुरुः ओली

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले कसैलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव नगरेको दावी गरेका छन् । देशमा स्थिरताका लागि संसद विघटन गरेको भएपनि अहिले पुनस्थापना भएर फेरि तमासा सुरु भएको उनले बताएका हुन्।

राष्ट्रियसभामा आयोजित विशेष समारोहलाई आज संवोधन गर्ने क्रममा उनले यस्तो दावा गरेका हुन् । अहिले सरकार ढाल्ने प्रयास भइरहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने आफू विधि र पद्धतिबाट मात्रै राजनीति गर्ने दाबी गरे । प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्न आफूले त्यही प्रकृया अपनाएको उनले स्पष्ट गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आफ्नो सरकार हरेक क्षेत्रका सफल रहेको उनको दाबी थियो । साथै, राजनीतिलाई घटिया र घृणित ढंगले प्रयोग नगर्ने भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहका गतिविधिप्रति कडा अभिव्यक्ति दिएका छन् । आफ्नो पार्टीको प्रधानमन्त्रीलाई गलहत्याएर अर्कालाई किस्तीमा राखेर बुझाउन जाने विचित्रको परिदृश्य देखियो , यो भन्दा ठूलो तमासा के होला ? उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय