कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:२७:५७
२३ फागुन,खलङ्गा । कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो शिक्षालयको भवन मरमत नहुँदा भत्किने अवस्थामा पुगेको हो । शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा चरणक्षेत्र झैँ देखिन्छ । विसं २०३० मा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने ध्येय स्थापना भएको यो शिक्षालय अहिले निकै अव्यवस्थित हुन पुगेको छ ।
शिक्षालयमा खानेपानीको चरम अभाव छ । यसका कारण विद्यार्थी र शिक्षक प्रदूषित पानी पिउन बाध्य छन् । चालिस वर्ष पहिले बनेका भौतिक संरचना पुनःनिर्माण त के मर्मतसमेत हुन सकेका छैनन् । चुहिने छानामा विद्यार्थी शिक्षक बस्न बाध्य भएका छन् । एकताका यहाँका महिला विद्यार्थी सिन्दुर हालेर शिक्षालय बाहिर जानु पर्दथ्यो । प्राविधिक शिक्षालय जस्तो गरिमामय महत्व बोकेको शिक्षालय निकै छाडा र उजाड बनेको यहाँका स्थानीयवासी बताउँछन् ।
शिक्षालयका प्रमुखमा २६ जना फेरिएका छन् । शिक्षालयको मुहार र स्वरुप पुरानै प्रकृतिको छ । शिक्षालयको मर्मतसंभार र संरक्षणमा कसैको चासो नपुगेको स्थानीयवासी कर्णबहादुर भण्डारीले जानकारी दिए ।
उनले भने, “हरेक क्षेत्रको मुहार कोर्ने प्राविधिक जन्माउने यो थलो अहिले उजाड हुन पुगेको छ । भवनमा लगाएका चुना पुरानो भएको छ । भवन भत्किएका छन् । घेरबार नहुँदा शिक्षालय असुरक्षित छ ।सरोकारवाला निकाया रमिते बनेर टुलुटुलु हेरिराखेको छ । यो जस्तो लाजमर्दो विषय अरु हुन सक्दैन ।”
छ सय ५२ रोपनी क्षेत्रफलभित्र रहेको शिक्षालय निकै उद्देक लाग्दो छ । विकासको प्रतिक्षा गरिरहेका अवस्थामा छ । शिक्षालयका शौचालय फोहर छन् । सङ्घीयता आइसकेपछि प्राविधिक शिक्षालयको अवस्था गिर्दो छ । हरेक कार्यालय प्रमुखको प्रतिवेदनमा यहाँको विकास राम्रो भए अवस्था नफेरिएको स्थानीय बताउँछन् ।
शिक्षालयका प्राचार्य टेकेन्द्र थापा शिक्षालयको अवस्था निकै नाजुक भएको बताउछन् । उनले यही फागुन १८ गतेदेखि प्राचार्यका रुपमा कार्यभार सम्हालेका थिए । उनले भने, “अबको पाँच वर्षमा यहाँको मुहार फेर्ने गरी कार्ययोजना ल्याउन लागेको छु । चालिस वर्ष पुराना संरचनाको मर्मत हुनेछ । नाला सफा गर्नेदेखि आधुनिक शौचालय निर्माणसम्म हुनेछन् ।” शिक्षालय परिसर हरियाली हुनेछ । पहिलेकै अवस्थामा आकर्षक संरचना निर्माण भएको हुने उनले बताए ।
शिक्षक, प्रशिक्षक, कर्मचारी र विद्यार्थी बदलिन्छन् । प्राविधिक शिक्षालयको संरचना पुरानै ढर्राको छ । प्राविधिक शिक्षालयसँग सरोकार राख्ने निकाय, अभिभावक, स्थानीय र स्थानीय सरकार सबैसँग बसेर शिक्षालयको अवस्थामा सुधार ल्याउने प्रयास हुने प्राचार्य थापाले जानकारी दिए ।
अहिले डिप्लोमार्फत चार विषयको पढाइ भइरहेको छ । विसं २०६५ मा डिप्लोमा सिभिल इञ्जिीनियर, २०६६ सालमा आइएस्सीएजी प्लान्ट साइन्स, २०७४मा फरेस्ट्री र २०७७ मा फार्मेसी पठनपाठन भइराखेको छ । आगामी दिनमा डिप्लोमा भेटनरीतर्फको कक्ष सञ्चालनका लागि पहल हुने प्राविधिक शिक्षालयले जनाएको छ । यो कक्षा सफल भएको खण्डमा एग्रो इञ्जिनीयर पढाइका लागि लविङ शुरु हुनेछ । प्रवेशिका परीक्षा मुनितर्फ सब ओभरसियर र जेटिएको पठनपाठन भइरहेको छ । सिएमए र अनमी चिकित्सा शिक्षा आयोगले नपढाउनका लागि परिपत्र गरिसकेको छ । यो वर्ष यी दुई विषयमा भर्ना पनि लगिएको छैन ।
पहिलेका केही महत्वपूर्ण तथा प्राविधिक शिक्षालयमा हुनुपर्ने गुणको अभाव छ । अहिले यहाँ उत्पादित जनशक्ति देशैभरी छरिएर काम गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार