सर्वोच्चको फैसला कट्टेलको पक्षमा आउला ?
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १९:१५:२
२३ फागुन, काठमाडौं । विगत दुई वर्षदेखि सर्वाेच्च अदालतमा विचाराधीन एउटा मुद्धाको आज पटाक्षेप भएपछि राजनीतिक वृत्तमा यसको प्रभाव कस्तो पर्ला ? सन्दर्भ हो, नेपाल कम्युनिष्ट पार्टीको नामसम्बन्धी विवाद ।
२०७४ भदौमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर बनेको पार्टीको नाम रह्यो – नेपाल कम्युनिष्ट पार्टी । जुन नाम २०४८ साल अघि नै निर्वाचन आयोगमा दर्ता भएको थियो । पार्टी अध्यक्ष हुन् –ऋषिराम कट्टेल ।
दुई ठूला कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको नाम नै कब्जा गरेको भन्दै कट्टेलले सर्वाेच्च अदालतमा मुद्धा दिए । लामो छलफल र बहसपछि आज यसबारे निर्णय सुनाइने भएको छ । स्रोतका अनुसार, मुद्धा कट्टेलको पक्षमा फैसला हुनेवाला छ । कट्टेलको माग दावी अनुसार नेकपा उनले पाए भने के होला ?
पूर्व एमाले र माओवादीबीचको एकता दुई वर्ष पुगेपछि टिकेन । अहिले त्यही नेकपा पनि दुई चिरामा विभक्त छ । एउटाको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्काको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल रहेका छन् ।
अब कट्टेलको नेकपाले आधिकारिकता पायो भने नेकपा भित्रको पछिल्लो विवादले कसरी निकास पाउला त ? भन्ने प्रश्न तेर्सिएको छ । यसबारे विज्ञहरुले छलफल थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार