अझै सुरु भएन प्रतिनिधिसभा बैठक : ओली बाहिरिए
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २२:४८:४९
२३ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक चार बजे शुरू हुने भनिए पनि याे समाचार तयार हुदाँसम्म पौने पाँच बजेसम्म पनि शुरू भएको छैन । प्रतिनिधिसभाकाे सातौँ अधिवेशनका लागि संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते आजै अपराह्न ४ बजेका लागि आह्वान गरेकी थिइन् ।
यसैबीच, प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद भवन, वानेश्वर पुगेका प्रधानमन्त्री केपी ओली अहिले भवनबाट बाहिरिएका छन् ।अदालतको फैसलाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ एकीकरण अघिको अवस्थामा पुगेको छ ।
सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ‘एमाले’ र नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’ को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत दर्ता भएको ठहर गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो ।
ओलीले बारिरिदै गर्दा सञ्चारर्मीहरूको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै आदलतको फैसला स्वागतयोग्य रहेको बताए । उनले अबको कदमबारे फैसलाको पूर्णपाठ हेरेर निर्णय गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार