वारीबेनीकाे ७५० मिटर सडक कालोपत्रः स्थानीयवासी खुशी
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १४:२४:४५
२४ फागुन, म्याग्दी । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि निर्माण भएको छ ।
म्याग्दीको कालीपुल जोड्ने मोटरेबल पुलदेखि वारीबेनीको डाडासम्म करिब ७५० मिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी निराजन खतिवडाले बताए । उनका अनुसार साढे पाँच मिटरदेखि नौ मिटरसम्म फराकिलो ठाउँमा सडक कालोपत्र गरिएको छ ।
प्रिमिक्स प्रविधिको कालोपत्र गर्न त्रिशक्ति–तिलक निर्माण सेवाले रु एक करोडमा विसं २०७५ मा ठेक्का लिएको थियो । यो आयोजनाको ठेकेदार कम्पनीको आधिकारिक प्रतिनिधि अमृतकुमार श्रेष्ठ छन् । आगामी २०७८ जेठ मसान्तसम्म ठेक्का सम्झौताको म्याद छ । अबको सात दिनभित्र कालोपत्र सकेर सडक हस्तान्तरण गर्ने त्रिशक्ति निर्माण कम्पनीका सञ्चालक खतिवडाले बताए। यही आयोजनाअन्तर्गत वारीबेनीको डाँडादेखि आँखोलासम्म सडक विस्तार गरिएको छ ।
कुन क्षेत्रमा पिच गर्ने भन्ने अन्यौलता भएपछि एक वर्षदेखि काम रोकिएको थियो । वारीबेनीदेखि आँखोला खण्ड कालीगण्डकी कोरिडोर र वारीबेनी बजारभित्र सडक डिभिजनले कालोपत्र गर्ने निर्णय भएपछि काम अघि बढेको हो ।
करिब दश वर्षअघि मालढुङ्गा–बेनी सडक आयोजनामार्फत गरिएको पिच उप्किएर सडक धुलाम्मे र हिलाम्मे हुने गरेको थियो । सडकको पूरै भाग कालोपत्र भएपछि धुलो र हिलोबाट मुक्ति मिलेको वारीबेनीका रामबहादुर खत्रीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार