‘महिलालाई राजनीतिमा गलत प्रयोग नगरौँ’
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १८:३१:१३
२४ फागुन, टीकापुर । संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताएको छ । उनले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गरे ।
एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा समावेशिता’ विषयक अन्तक्र्रिया कार्यक्रममा चौधरीले राजनीति तथा सामाजिक सेवामा लागेका महिलालाई चारित्रिक प्रहार बढेको बताए ।
अधिकारकर्मी कमला केसीले छोरीलाई कन्यादान गरेर दिने चलन गलत भएको बताए । “छोरी अंश र बंश हो, हामी त्यही छोरी दान गरेर दिन्छौँ”, उनले भने, “यो गलत हो, अहिले आत्महत्या गर्नेमा महिलाको सङ्ख्या बढी छ, विकल्प नदेखेर महिलाले आत्महत्या गर्छ, यसलाई रोक्न छोरीमाथि भइरहेको अत्याचार रोक्न छोरीलाई बलियो बनाउन आवश्यक छ ।”
महिला नेत्री कमला शाहीले हिंसा न्यूनीकरणका लागि योजना बनाएर काम गर्न जरुरी रहेको बताए । “पुरुषसँग प्रतिस्पर्धा गर्ने महिलालाई राजनीतिबाट पनि पाखा लगाइन्छ”, उनले भने, “हामीले कति दिन दिएको मात्र खाने रु अब हामी बलियो बन्न आवश्यक छ ।”
महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा प्राध्यापक कलावती स्वाँरले जन्मिँदा एउटै प्रकृति र पीडा भोगेर जन्मिएका छोराछोरीबीच विभेद गर्नु गलत रहेको बताए । “छोरा रातिसम्म नआउँदा पनि सोधिन्न, छोरीलाई ६ः०० बजेपछि घर बाहिर जान छुट छैन”, उनले भने, “छोरालाई छाडा नबनाएको भए छोरी बलात्कृत हुने थिएनन् ।”
नेपाल पत्रकार महासङ्घ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले समान व्यवहारका लागि नेतृत्वमा रहेका महिला, राजनीतिमा आबद्ध भएका, सामाजिक अगुवाले घरबाटै थालनी गर्नुपर्ने बताइन् । “तपाईहरु कति जनाले छोराछोरी दुवैलाई बराबरी काम र अवसर दिको छ”, देवकोटाले भने “जन्मदेखि नै छोरीलाई गरिने विभेद अन्त्य गर्न महिला, पुरुष दुवै सचेत हुन जरुरी छ ।”
सामाजिक अभियानकर्मी निर्मला कडायतले महिलालाई ३३ प्रतिशत व्यवस्था संविधानले गरेकै भए पनि राजनीतिक दलले व्यवहारिकरुपमा महिलालाई अवसर दिने कुरा व्यवहारमा उतार्न नसकेको बताए । “महिला पढेलेखे पनि स्वतन्त्र छैनन्, चरालाई पनि स्वतन्त्रता चाहिन्छ भने हामी मानिस हौँ”, उनले भने, “हामीलाई सरकारले पनि ठगेको छ, पुरुष नेतृत्वले पनि ठगिरहेका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार