हुन्डाई दुई नयाँ मोडलका गाडी नेपालमा
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १८:२६:३६
२५ फागुन, काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले बहुप्रतिक्षित गाडी हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू 1.2 S+ सार्वजनिक गरेको छ ।
हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू 1.2 S+२ भिन्न इन्जिन अप्सनमा उपलब्ध हुनेछन् — १.२ लिटर पेट्रोल इञ्जिन कप्पा डुअल VTVT टेक्नोलोजी जसको 83ps/6000rpm को सर्वाधिक पावर रहनेछ, तथा १.० टर्बो पेट्रोल इञ्जिन कप्पा डुअल VTVT टेक्नोलोजी जसको सर्वाधिक पावर 120ps/6000rpm को रहनेछ ।
बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा अघिल्लो बर्ष सार्वजनिक गरिएको हुन्डाई भेन्यूले बजारमा आफ्नो दह्रो उपस्थिति जनाएको छ । हुन्डाइ भेन्यू स्मार्ट शार्क फिन एन्टिना, turn signals भएका विद्युतले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रीक सन रुफ, आकर्षक व्रmोमयुक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेलले सु—सज्जित छ ।
यसको R15 डायमण्ड कट एलोइ पाङ्ग्रा तथा रिअर क्यामेराको साथ हिल एसिष्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिनेछ । हुन्डाई भेन्यू 1.2 S+मा बत्तीहरुको जडान सुन्दर तथा आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmष्टल इफेक्ट सहितको LED DRL लाइट विशेष छन् ।
इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिशनको साथ हुन्डाई भेन्यू आईएमटीले क्लचलेस ड्राइभिङ्ग अनुभव दिने कम्पनीको दावी छ । सो सेगमेन्टमा नयाँ आईएमटीसँग क्लच प्याडल नभएकाले राम्रो ईन्धन दक्षता र मजाको ड्राईभिङ्ग अनुभव गर्न पाईन्छ । उत्कृष्ट यात्राको अनुभव गराउन, हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू 1.2 S+ मा नवीनतम विशेषताहरु जस्तै रियोस्ट्याट सहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राईभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटीे म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल रहेका छन् जस्ले हुन्डाई भेन्यूू आईएमटी र हुन्डाई भेन्यू 1.2 S+ लाई एउटा सुरक्षितयात्राको सहयात्री बनाएको छ ।
हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू 1.2 S+ थप विशेषताहरुमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रियर ए सि भेन्ट रहेको छ । यी गाडीहरुको शुरुवाती मूल्य हुन्डाई भेन्यू 1.2 S+ रु. ४४,५६,००० र हुन्डाई भेन्यूू आईएमटी रु. ४४,९६,००० कायम गरिएकोे छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएका बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार