शुक्रबार , बैसाख ३, २०७८

झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या

झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या

२६ फागुन,सिमकोट । खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमानामा रहेको छारेस्थित झोलुङ्गे पुल जीर्ण हुँदा मानिस तथा घरपालुवा पशुवस्तुलाई आवतजावत गर्न समस्या भएको छ । विसं २०४५ मा निर्माण भएको सो पुलमाथि हालिएका काठका फल्याक कुहिएर गएको छ । अहिले फल्याक राखेको ठाउँमा ढुङ्गा राखेर मानिस तथा घरपालुवा पशुवस्तुले ज्यानै जोखिममा राखी आवतजावत गर्नुपरेको रिपका स्थानीयवासी कुम्बिर परियार बताउछन् । पुलको दुवैतर्फ हालिएका फलामका जाली पनि खिया लागेर भाँचिने अवस्थामा रहेको उनले जानकारी दिए ।

उक्त पुलबाट खसेर दुई दर्जनजति घरपालुवा पशु वस्तु कर्णालीले बगाएर लगेको सोही ठाउँमा होटल व्यवसायी गरेर बसेका ट्वारे रावल बताउछन् । बेलाबेलामा सानोतिनो बजेट सर्केगाड गाउँपालिकाले विनियोजन गरे पनि झारो टार्ने काम बाहेक अन्य विकल्प नभएको स्थानीयवासीले गुनासो गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधिको आवातजावत गर्ने मुख्य बाटो त्यही पुल भए पनि कोही कसैको ध्यान जान सकेको छैन । जिल्लाकै मुख्य पुल भएकाले सम्बन्धित सरोकारवाला निकायले यो ठाउँमा पुल निर्माण तथा मर्मत गर्नु आवश्यक देखिएको स्थानीयवासीको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय