सोमबार , बैसाख ६, २०७८

चकलेटी नायक प्रदिप खड्का २९ बर्ष लागे

चकलेटी नायक प्रदिप खड्का २९ बर्ष लागे

२६ फागुन, काठमाडौं । नेपाली चलचित्रका स्टार चकलेटी नायक प्रदिप खड्काले आज आफ्नो जन्मदिन मनाउदै छन् । उनी २८ औ बर्ष पार गरी आजबाट २९ बर्षमा प्रवेश गरेका छन् ।

चलचित्र ‘प्रेमगीत’ बाट आफुनो भाग्य चम्काएका प्रदिप अहिले यूवायूवतीहरुमाझ राम्रो क्रेज बनाएका छन् । चलचित्रबाट अब केही पनि नहुने रहेछ भनी हार खाएका प्रदिपको चलचित्र ‘प्रेमगीत’ ले भाग्य बदलदिएको थियो । उक्त चलचित्रले बक्स अफिसमा औषत व्यापार गर्दा प्रदिपको अभिनय, उनको चकलेटी लुक्सले यूवायूवतीलाई फ्यान बनायो । प्रदिपले बोलेका संवादसँगै दर्शक रोए । यसपछि भने प्रदिपलाई करिअरमा पछाडि फर्किएर हेर्नु परेको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आजको दिनमा प्रदिपका लागि चलचित्र बनाउने निर्माताको अभाव छैन । उनले ‘प्रेमगीत, प्रेमगीत २, रोज, लभ स्टेशन, लिलिबिली’ लगायतका चलचित्रमा काम गरिसकेका छन् । उनी अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिजका लागि तयार छ भने उनी चलचित्र ‘प्रकाश’को छायांकनको तयारीमा छन् ।

नेपाली चलचित्रमा चकलेटी नायकको नाममा प्रदिपको नाम सबैभन्दा अगाडि आउँछ । २९ बर्षमा प्रवेश गरेका प्रदिपलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय