सोमबार , बैसाख ६, २०७८

ओली पुगे संसद भवन

ओली पुगे संसद भवन

२६ फागुन, काठमाडौं । आफैंले हत्या गरेको प्रतिनिधिसभा सर्वाेच्च अदालतले ब्यूँताइदिएपछि प्रधानमन्त्री केपी ओलीको व्यावहार कस्तो होला भनेर धेरैले आफू अनुकुलको व्याख्या गरेका थिए । पुनस्थापित प्रतिनिधिसभालाई ओलीले दुत्कार्ने धेरैको अनुमान थियो । तर ओलीको व्यावहार भने ठीक उल्टो देखिएको छ ।

गत फागुन २३ गते बोलाइएको बैठकमा भाग लिन ओली बेलैमा संसद् भवन प्रवेश गरे । तर निर्धारित समयमा बैठक सुरु नभएकाले प्रधानमन्त्री ओली फर्किए । बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद सम्बन्धी विवादास्पद अध्यादेश प्रवेश गराउन खोज्दा प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले नाराबाजी गरे । त्यसपछि बैठक अवरुद्ध भयो । साथै, आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आज पनि बैठक सुरु हुनुभन्दा अगावै प्रधानमन्त्री ओली संसद् भवन प्रवेश गरिसकेका छन् । आजको निर्धारित कार्यसूचि अनुसार, वैठक सुरु भएपछि दलका शीर्ष नेताहरुले संवोधन गर्न कार्यक्रम तय गरिएकोछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय