बिहिबार , बैसाख २, २०७८

चैत ३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

चैत ३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

२६ फागुन, काठमाडौं । संसद पुनर्थापना पछि बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो। बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी पूर्व सदस्यहरु वीरबहादुर लामा, ओमकार प्रसाद गौचन, इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्व सदस्य कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, डा. शंकरप्रसाद उप्रेतीको निधनमा पनि संसद बैठकले शोक प्रस्ताव पारित गरेको छ ।शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय