बुधबार , बैसाख ८, २०७८

बादलहरु एमाले बन्न राजी

बादलहरु एमाले बन्न राजी

२६ फागुन, काठमाडौं । सर्वाेच्च अदालतको फैसलापछि माओवादी केन्द्रबाट निर्वाचित केही नेताहरुले के गर्लान् भन्ने अन्योल आज निमिट्यान्न पारेका छन् । पुष ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई साथ दिने पूर्व माओवादी केन्द्रका नेताहरु अन्ततः एमालेमै समाहित हुन राजी भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको यो समूहको बैठकले ओलीलाई बैचारिक र सांगठनिक रुपमै साथ दिने निर्णय गर्दै अब नेकपा माओवादी केन्द्रमा नफर्कने प्रष्ट गरेका छन् । यसरी एमाले मै बस्न राजी हुनेहरुमा गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, वाणिज्य मन्त्री लेखराज भट्ट ,शहरी विकास मन्त्री प्रभु साहलगायत रहेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बदलिएको परिस्थितिमा फेरि माओवादी केन्द्रमा जाने सम्भावना नरहेको भन्दै मन्त्री साहले अब बैचारिक रुपमै एमालेमा समाहित भएको बताए । आफ्नो समूहले यसबारे भेला गरेर यस्तो निर्णय लिएको उनले जानकारी दिए । साथै, यसबारे उनले आजै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फोन गरेर जानकारी गराएका थिए ।

यस्तो अवस्थामा माओवादी केन्द्रले चाहेमा आफूहरुको पद जाने चेतावनी श्रेष्ठले दिएपनि त्यसको परवाह नगरी निर्णय लिएको उनले बताएका छन् । स्रोतका अनुसार , ओलीले अब विस्तार गर्ने केन्द्रीय कमिटी लगायत एमालेका हरेक संगठनमा माओवादी पक्षबाट आएकाहरुलाई २० प्रतिशत हिस्सा दिने वचन दिएका छन् ।

सांसद र मन्त्री पद नरहेपनि एमालेको जिम्मेवार पदमा रहेर काम गर्ने भन्दै मन्त्री साहले अब माओवादी पक्षमा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रुपान्तरित भएपछि माधवकुमार नेपाललगायत नेताहरु यसअघि नै एमालेमा फर्किसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय