बिहिबार , बैसाख २, २०७८

बुक बिल्डिङ विधिमा सहभागी हुन थप १० योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बोर्ड दियो स्वीकृति (नामावलीसहित)

बुक बिल्डिङ विधिमा सहभागी हुन थप १० योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बोर्ड दियो स्वीकृति (नामावलीसहित)

२६ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमा सहभागी हुन थप १० योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न थप १० वटा संस्थालाई स्वीकृति प्रदान गरेको हो । यससँगै बोर्डबाट अब ७४ ओटा संस्था योग्य संस्थागत लगानीकर्ताका रुपमा समावेश भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा स्वीकृति पाउनेमा उषा इन्भेष्टमेन्ट प्रालि,कुमारी बैंक,सनराइज बैंक,लक्ष्मी बैंक,गुडविल फाइनान्स,युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड,बिशाल ग्रुप,श्री गणेश प्रोपर्टिज एन्ड इन्भेष्टमेन्ट प्रालि,प्रुडेन्सियल क्यापिटल मेनेजमेन्ट कम्पनी र सिड इन्फ्रा प्रालि रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले यसअघि ४६ संस्थाहरुलाई योग्य संस्थापक लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेकामा गत माघ २० गते १८ ओटा थप संस्थाहरुलाई स्वीकृति प्रदान गरेको थियो ।

sebon 11

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय