आइतबार , बैसाख ५, २०७८

ऋण लगानीमा आक्रामक बन्दै वाणिज्य बैंक, फागुनमा मात्रै गरे ७० अर्ब लगानी

ऋण लगानीमा आक्रामक बन्दै वाणिज्य बैंक, फागुनमा मात्रै गरे ७० अर्ब लगानी

२६ फागुन, काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेप संकलनभन्दा दोब्बर ऋण लगानी गरेका छन्। नेपाल बैंकर्स एशोसियसनको तथ्याँक अनुसार गत एक सातामा बैंकहरुले १२ अर्ब निक्षेप संकलन गर्दा २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

फागुन यता नै वाणिज्य बैंकहरुले ७० अर्ब बढी कर्जा लगानी गरिसकेका छन् जबकी यस अवधिमा निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँ मात्रै रहेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

तथ्याँक अनुसार फागुन २१ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ३८ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढ्दै गएपछि २७ वाणिज्य बैंकको औसत सिसिडि रेशीयो पनि ७६.५४ प्रतिशत पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय