सोमबार , बैसाख ६, २०७८

मुस्लिम आयोगको सबै कार्यक्रममा मुस्कान विशेष वक्तामा रहने

मुस्लिम आयोगको सबै कार्यक्रममा मुस्कान विशेष वक्तामा रहने

२६फागुन,काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई सम्मान गरेको छ । त्यस्तै आयोगले गर्ने सबै प्रकारका औपचारिक कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ ।

बुधबार आयोग कार्यालयको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिड बिरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी सम्मानित खातुनले सबैको सहयोग र सद्धभावले ले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताएकी छिन् । । आफूले एसिड बिरुद्ध जनचेतना जगाउन काममा सधै लाग्ने पनि उनले बताएकी छिन् । ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय