बुधबार , बैसाख ८, २०७८

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १८ लाख बढीले दिए आवेदन

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १८ लाख बढीले दिए आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो।

क्यापिटलको अनुसार बुधबार साँझसम्ममा उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो ।

कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

महामारीको जोखिम : कतै विद्यालय सञ्चालन, कतै बन्द ! महामारीको जोखिम : कतै विद्यालय सञ्चालन, कतै बन्द ! १० घण्टा पहिले
ओलीलाई बैठक रोक्न बोहोराको ध्यानाकर्षण पत्र ! ओलीलाई बैठक रोक्न बोहोराको ध्यानाकर्षण पत्र ! २ दिन पहिले
बढ्दो जोखिम कम गराउन प्रत्येक वडाले दुई जनासम्म स्वास्थ्यकर्मीलाई खटाउने बढ्दो जोखिम कम गराउन प्रत्येक वडाले दुई जनासम्म स्वास्थ्यकर्मीलाई खटाउने ७ दिन पहिले
पर्यटक नआउँदा हात्ती पाल्न कठिन पर्यटक नआउँदा हात्ती पाल्न कठिन ६ दिन पहिले
विद्यावारिधि गर्नेलाई एक लाखको नइ शोध पुरस्कार विद्यावारिधि गर्नेलाई एक लाखको नइ शोध पुरस्कार ५ दिन पहिले
वीरगञ्जमा कोरोनाबाट ४२ वर्षीया महिलाको मृत्यु वीरगञ्जमा कोरोनाबाट ४२ वर्षीया महिलाको मृत्यु ६ दिन पहिले
महालक्ष्मीको विकास बैंकले गर्यो ४० करोड ३६ लाख मुनाफा, प्रतिशेयर आम्दानी कति ? महालक्ष्मीको विकास बैंकले गर्यो ४० करोड ३६ लाख मुनाफा, प्रतिशेयर आम्दानी कति ? १५ घण्टा पहिले
अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति अब बजारमा सीईडीबी हाईड्रोपावरको आईपीओ भर्न पाइने, २५ लाख कित्ता शेयर निष्काशन गर्न दियो बोर्डले अनुमति ५ दिन पहिले