बिहिबार , बैसाख २, २०७८

हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध

हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध

२६ फागुन, दमौली । पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो ।

साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएको र करीब आधा घण्टामा राजमार्ग सञ्चालन हुने उनले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय