काठमाडौं मेयर कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बिहिबार २:२३:२५
२५ फागुन, काठमाडौं । नेपाल पुलिस क्लब काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं मेयर–११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।
पुलिस क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो । एक सय ९८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौं मेयर ११ ले ३१ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।
काठमाडौं मेयर ११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । यस्तै कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाए । बलिङतर्फ पुलिसका पवन सर्राफले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रन बनाए । यस्तै कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ तथा दिलीप नाथले १२ रनको योगदान दिए । बलिङतर्फ काठमाडौं मेयर ११ का सन्दीप लामिछाने, हरिशङ्कर साह र विपिन खत्रीले समान तीन–तीन विकेट लिए । खेलको प्लेयर अफ दी म्याच पुलिसका पवन सर्राफ घोषित भए।
प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । जितसँगै पुलिस चार खेलमा छ अङ्क जोड्दै फाइनलमा पुग्न सफल भएको हो । शीर्ष स्थानमा रहेको पुलिसले पहिलो खेलमा वाग्मती प्रदेशलाई हराएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।
पुलिसले तेस्रो खेलमा आर्मीलाई पराजित गरेको थियो । काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँ मेयर ११ ले वाग्मती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा काठमाडौँ मेयर ११ आर्मीसँग पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
नेदरल्याण्ड्सको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार