बंगलादेशसँगको ‘वानडे सिरिज’का लागि न्यूजिल्याण्डको टोली घोषणा, यी खेलाडीले पाए मौका

२७ फाग्न, काठमाडौं । बंगलादेशविरुद्धको एकदिवसीय क्रिकेट सिरिजका लागि न्यूजिल्याण्डले टोली घोषणा गरेको छ ।
न्यूजिल्याण्डले डेभन कोनवे, विल योङ र डारियल मिचेललाई पहिलो पटक वानडे टिममा समावेश गरेको छ ।
कोनवेले पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले गत वर्ष टी-२० मा डेब्यू गरेका थिए । हालै अष्ट्रेलियासँगको टी-२० सिरिजमा उनले ९९ रनको शानदार पारी खेलेका थिए ।
कोनवेले न्यूजिल्याण्डका लागि ११ टी-२० खेलिसकेका छन् । त्यस्तै, पहिलो पटक टिममा समावेश भएका विल योङले २०१९ मा न्यूजिल्याण्ड-११ बट खेल्दै अष्ट्रेलिया-११ विरुद्ध वानडेमा शतकीय पारी खेलेका थिए । त्यसपछि भने उनी चोटका कारण टिमबाट बाहिर थिए ।
नियमित कप्तान केन विलियम्सनले भने बंगलादेशसँगको वानडे सिरिज गुमाउने छन् । उनले चोटका कारण यो सिरिज गुमाउने भएका हुन् । उनको अनुपस्थितिमा बंगलादेश विरुद्धको सिरिजमा न्यूजिल्याण्डको टिमको कप्तानी टम लाथमले गर्नेछन् ।
चोटका कारण अलराउन्डर कोलिन डीग्रान्डहोम र बलर लकी फर्गुसनले बंगलादेशसँगको वानडे सिरिज पनि गुमाउने छन् । बंगलादेश र न्यूजिल्याण्डबीचको तीन खेलको वानडे सिरिज २० मार्चदेखि सुरु हुनेछ ।
न्यूजिल्याण्डको टिमः मार्टिन गप्टिल, म्याट हेनरी, टम लाथम (कप्तानरविकेटकीपर), डारियल मिचेल, डेवोन कोनवे, रस टेलर, विल योङ काइल जेमिसन, जिमी नीशम, हेनरी निकोल्स, मिचेल सान्टनर, टिम साउदी र ट्रेन्ट बोल्ट ।
प्रतिक्रिया