बिहिबार , बैसाख २, २०७८

झापा कारागारको नयाँ भवन बनाउन शुरु

झापा कारागारको नयाँ भवन बनाउन शुरु

२७ फागुन,झापा । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गरेका छन् ।

हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५० कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माथ्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा साढे चार दशकअघि बनेको कारागारमा हाल एक हजार १८४ कैदीबन्दी छन् । तीमध्ये एक हजार ११६ पुरुष, ६४ महिला र चार बालबालिका छन् कारागार ३५० जनासम्मका लागि हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कारागारको प्रशासनिक भवन बनाउन सङ्घीय सरकारले कारागार व्यवस्थापन विभागअन्तर्गत पठाएको रु ६४ लाख बजेट संशोधन गरेर कैदीबन्दी बस्ने भवन निर्माणमा खर्च गर्न लागिएको प्रजिअ तिम्सिनाले बताए । चालु आर्थिक वर्षसम्ममा भवन निर्माण गरिसक्ने गरी निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाडौंँले गत साता ठेक्का सम्झौता गरेको कारागार प्रमुख राजेन्द्र गौतमले बताए ।

पुरानो भइसकेको जीर्ण झापा कारागार भवन भत्काएर नयाँ बनाउनुपर्ने वा अन्यत्र स्थानान्तरण गरिनुपर्ने आवाज धेरै पहिलेदेखि उठ्दै आएको छ । साँघुरो क्षेत्रमा भएको हुँदा कैदीबन्दीलाई बस्न, सुत्न र हिँडडुल गर्नै अप्ठ्यारो छ । बर्खामा पुरानो भवनको छतबाट पानी चुहिन थालेकाले गत वर्ष छतमाथि टिनको छानोसमेत लगाइएको थियो । “बजेट चाहिँ प्रशासनिक भवनका लागि आएको हो,” प्रजिअ तिम्सिनाले भने, “तर बडो दुःखकष्टका साथ बसिरहेका कैदीबन्दीको अवस्था बुझेर मानवीय हिसाबले नै बजेट संशोधन गरी कैदीबन्दी बस्ने भवन बनाउन शुरु गरिएको हो ।” झापा कारागारलाई तीन किलोमिटर पश्चिममा रहेको प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीको १० बिघा जग्गामा भविष्यमा स्थानान्तरण गर्न सरकारले तयारी गरिरहेको छ । कारागारभित्रै आयोजना गरिएको शिलान्यास कार्यक्रममा कैदीबन्दीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने राजमोको निर्णय प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने राजमोको निर्णय २ दिन पहिले
नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? नेपाल बङ्गलादेश बैंकको नयाँ ब्याजदर सार्वजनिक, ९ दशमलव ९९ प्रतिशतमै घरकर्जा पाइने ? १५ घण्टा पहिले
सिरहामा सुनचाँदी व्यवसायीको गोली हानी हत्या सिरहामा सुनचाँदी व्यवसायीको गोली हानी हत्या ५ दिन पहिले
बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु ४ दिन पहिले
हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा १० घण्टा पहिले
सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ६९ हजार बढिले पाए १० कित्ता सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ६९ हजार बढिले पाए १० कित्ता ६ दिन पहिले
माल्दिभ्समा हट देखिएकी जानवी माल्दिभ्समा हट देखिएकी जानवी ६ दिन पहिले
नर्भिक अस्पतालकाे २८ औं वार्षिकोत्सव सम्पन्न, अस्पताल क्षेत्रमा प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउने घोषणा नर्भिक अस्पतालकाे २८ औं वार्षिकोत्सव सम्पन्न, अस्पताल क्षेत्रमा प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउने घोषणा १ दिन पहिले