
२६ फागुन, काठमाडौं । नेपाली काँग्रेस वीपीले महाशिवरात्रि तथा नेपाली सेना दिवसको शुभकामना दिएको छ ।
कार्यालय सचिव सुशिलराज वाग्लेले एक शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएकोले यहा हरेक जातजातिका आफ्ना आफ्ना चाड पर्व भए पनि सबैजाति र धर्म मान्ने सम्प्रदायले अपनत्व महसुस गर्नु नेपालीको मौलिकपन भएको बताएका छन ।
महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समूदायले उत्तिकै श्रद्धा गर्दै एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा रहदै आएको भन्दै महाशिवरात्रिको अवसरमा देश विदेशमा रहेका नेपालीहरुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।
सन्देशमा भनिएको छ ‘धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भहरु हुन । धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।’
काँग्रेस ९वी पी० ले नेपाली सेना दिवस २०७७ को अवसरमा प्रधानसेनापतिसहित नेपाली सेनाको सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गरेको छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएकोले यहा हरेक जातजातिका आफ्ना आफ्ना चाड पर्व भए पनि सबैजाति र धर्म मान्ने सम्प्रदायले अपनत्व महसुस गर्नु नेपालीको मौलिकपन हो ।
महाशिवरात्रि हिन्दूहरुको पर्व भए पनि सबै धार्मिक समूदायले उत्तिकै श्रद्धा गर्दै एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा रहदै आएको छ । सो अवसरमा नेपाली काँग्रेस वीपी देश विदेशमा रहेका नेपालीहरुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भहरु हुन । धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।
साथै नेपाली सेना दिवस २०७७ को अवसरमा प्रधानसेनापतिसहित नेपाली सेनाको सकल दर्जामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
प्रतिक्रिया