सोमबार , बैसाख ६, २०७८

ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने मनस्थितिमा माओवादी केन्द्र

ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने मनस्थितिमा माओवादी केन्द्र

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताएको छ । समर्थन फिर्ता लिदाँ सरकारको नेतृत्व कम्युनिष्ट दल भन्दा बाहिर जान सक्ने र आफ्नो दलले नेतृत्व गरेका प्रदेश सरकारहरु समेत अल्पमतमा पर्ने भन्दै तत्काल ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिने मनस्थितिमा माओवादी केन्द्र पुगेको हो ।

माओवादीले केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनसाथ कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही  र सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्व सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने देखिन्छ । एमालेले समर्थन फिर्ता लिनसाथ ती दुई प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गुमाउनु पर्ने हुन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

थप गृहकार्य विना सरकारलाई दिएको समर्थन फिर्ता लिदाँ प्रदेशहरुमा अस्थिरता सृजना हुने मात्र नभइ संघ र प्रदेशहरुमा पनि  सरकारको नेतृत्व बामपन्थीबाट बाहिर जाने खतरा रहेको भन्दै अझै केही समय ओली सरकारलाई दिएको समर्थन कायमै राख्ने निश्कर्षमा माओवादी केन्द्र पुगेको हो ।

माओवादी नेता बर्षमान पुनका अनुसार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुअघि माओवादी केन्द्रले आफ्नो दलको सदस्य एव सांसद भइ वर्तमान मन्त्री परिषद्मा रहेका मन्त्रीहरु रामबहादुर थापा , टोपबहादुर रायमाझी र प्रभु साह लगायत मन्त्रीहरुलाई फिर्ता आउन पत्र पठाउने तयारी गरेको छ ।

“सवैभन्दा पहिला त हामी हामी हाम्रा पार्टीका नेता जो सरकारमा मन्त्री रहनु भएको छ उहाँहरुलाई फिर्ता बोलाउछौ । त्यसै अनुसार समग्र राजनीतिक परिस्थति हेरेर मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिन्छौ तर लामो समयसम्म सधै समर्थन गरिरहने अवस्था चाँहि आउँदैन”, नेता पुनले भने ।

सरकारलाई दिएको समर्थन के गर्ने ? र सत्तासमिकरण लगायता विषयमा थप छलफल गर्न माओवादी केन्द्रले यही फागुन २९ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखिरहँदा उता एमालेको माधव नेपाल र झलनाथ खनाल नेतृत्व पक्षले  गैर वामपन्थी दलमा  सरकारको नेतृत्व जान नदिने गरी संवाद अघि बढाउनुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय