पाँच वर्षमा पनि बनेनन् दार्चुलाका दुई पुल
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार २१:१६:४४
२७ फागुन, दार्चुला । महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिङ्कर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल निर्माण शुरु भएको पाँच वर्ष भयो । सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षात्मा सडक अवरुद्ध हुँदै आएको छ ।
झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पूल निर्माण पाँच वर्षपछि मात्रै अन्तीम चरणमा पुगेको छ । पुल निर्माणमा भएको ढिलाइले सर्वसाधारणले समेत सास्ती भोग्नुप¥यो । पुल निर्माण नहुने तर पटकपटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताएका छन् । महाकाली– १ का स्थानीयवासी दानीराम लुहारले भने,“अहिले आएर पुल निर्माणले गति लिएको देख्दा पुल बन्छ भन्ने आशा छ ।”
निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो । सो पुल कूल रु दुई करोड ४६ लाखको लागतमा निर्माण गर्ने सम्झौता भएको हो ।
लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । सो पुल कूल रु तीन करोड ५८ लाखको लागतमा निर्माण गर्नुपर्ने हो । दुवै पुलको काम समयमै सकिएन् । पुल नहुँदा वर्षात्को समयमा सो सडक खण्डमा यातायातका साधनसमेत चल्न सक्ने अवस्था रहेन श्रीवगडका स्थानीयवासी दिलीपसिंह कार्कीले भन्छन्, “बर्खाको समयमा जहिल्यै सडक अवरुद्ध हुन्छ ।”
एक दशक अघिबाट निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक खण्डमा हालसम्म झण्डै ४३ किलोमिटर सडकको ट्र्याक खुलेको छ । अहिले सो सडक खण्ड ब्यास गाउँपालिकाको केन्द्र सुनसेराभन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ । सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरवाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायी चक्रबहादुर बम बताउँछन्। “समयमै ध्यान दिएको भए अहिलेसम्म पुल बनिसक्थ्यो”, उनले भने, “सबै पक्षबाट लापरवाही भएकै कारण ढिलो गरी पुल निर्माण भइरहेको छ ।”
दुबै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ । अहिले दुवै पुलको निर्माण कार्यले केही गति लिएको छ ।
निर्माण सामग्री समयमै आपूर्ति नहुनु तथा पुल निर्माणको लागि जिम्मेवारी दिएको व्यक्तिले समयमै काम गर्न नसक्नु पुल निर्माणको ढिलाइ भएको बताइएको छ । राजेन्द्र निर्माण सेवाका प्रतिनिधि अर्जुन गुर्दामी यसै आर्थिक वर्षको असारभित्र दुबै पुलमा गाडी गुड्ने गरी काम भइरहेको जानकारी दिए ।
अहिले पुलको काम सन्तोषजनक प्रगति छ । निजागाडमा ९५ प्रतिशत र लास्कु खोलामा ६५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार