सोमबार , बैसाख ६, २०७८

पिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

पिकअप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

२७ फागुन, बागलुङ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ज ५७०५ नंको पिकअप जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी वडा नं २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नं १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ ।

गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप आज अपराह्न वडा नं १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ट्र्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोनाका कारण पत्रकार कमल मिश्रको मृत्यु कोरोनाका कारण पत्रकार कमल मिश्रको मृत्यु ४ दिन पहिले
वीरगञ्जमा उपचारका क्रममा संक्रमित युवकको मृत्यु वीरगञ्जमा उपचारका क्रममा संक्रमित युवकको मृत्यु ६ दिन पहिले
प्रदेश–२ का प्रमुखले गरे रासस कार्यालयको निरीक्षण प्रदेश–२ का प्रमुखले गरे रासस कार्यालयको निरीक्षण ६ दिन पहिले
कांग्रेस सभापति देउवा र जसपाका नेताहरुबीच भेटर्वाता कांग्रेस सभापति देउवा र जसपाका नेताहरुबीच भेटर्वाता ५ दिन पहिले
नयाँ वर्षको पहिलो दिन: पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा नयाँ वर्षको पहिलो दिन: पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ गरे विशेष पूजा ५ दिन पहिले
डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार डिजिटल भुक्तानीमा आकर्षण बढ्दै, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार ५ दिन पहिले
आईपीएलः आज चेन्नई र राजस्थानको म्याच भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११ आईपीएलः आज चेन्नई र राजस्थानको म्याच भिड्दै, यस्तो छ सम्भावित प्लेइङ–११ १ घण्टा पहिले
चन्द्रागिरीबाट अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुईजना पक्राउ चन्द्रागिरीबाट अन्तर्राष्ट्रिय कल बाईपास गर्ने दुईजना पक्राउ २० घण्टा पहिले