बिहिबार , बैसाख २, २०७८

पछिल्लो २४ घण्टामा देशभर कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा देशभर कति संक्रमित थपिए ?

२७ फागुन, काठमाडाैं । पछिल्लो २४ घण्टामा मुलुकभर ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।

बिहीबार ६६ जना कोरोना मुक्त भएका छन् । अहिलेसम्म योसँगै दुई लाख २१ हजार ११६ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले नेपालमा कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल ९४२ जना आइसोलेसन र ५९ जना क्‍वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख ७ हजार ९२२ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय