सुकीमाथि सेनाले लगायो घुस लिएको आरोप
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार २३:३३:०
२७ फागुन, एजेन्सी । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैधरुपमा लिएको आरोप लगाएको छ । गत फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाइएको हो । यद्यपि सेनाले यस विषयमा कुनै पनि प्रमाण भने दिएको छैन ।
त्यस्तै राष्ट्रपति विन मिन्ट र क्याबिनेटका केही मन्त्रीहरुमाथि पनि भ्रष्टाचारको मुद्दा चलाइएको छ । सेनाले मुलुकमा कू गर्दा सुकीलाई पनि हिरासतमा लिएको थियो । त्यसयता उनलाई कहाँ राखिएको छ भन्ने खुलाइएको छैन ।
सेनाले सत्ता आफ्नो हातमा लिएसँगै सुकीलाई हिरासतमै राख्न विभिन्न मुद्दा लगाउँदै आएको थियो । यसै सिलसिलामा सुकीमाथि बिहीबार नयाँ मुद्दा लगाइएको हो । म्यानमारमा सेनाले कू गरेयता मुलुकमा निरन्तर आन्दोलन चल्दै आएको छ । मानिसहरुले सेनाले गरेको कूको विरोध गर्दै मुलुकमा प्रजातन्त्र पुनर्बहालीको माग पनि गर्दै आएका छन् ।
उनीहरुले हिरासतमा लिइएका सबै नेताहरुलाई तत्काल रिहाइको पनि माग गर्दै आएका छन् । अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा ६० भन्दा धेरैको मृत्यु भइसकेको छ । बिहीबार मात्र आन्दोलनमा प्रहरीको गोली लागी कम्तीमा सातजनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार