सोमबार , बैसाख ६, २०७८

धनुषामा हत्या अभियोग लागेका व्यक्ति १ लाख धरौटीमा रिहा !

धनुषामा हत्या अभियोग लागेका व्यक्ति १ लाख धरौटीमा रिहा !

२७ फागुन, जनकपुरधाम । धनुषामा हत्या अभियोग लागेका व्यक्ति १ लाख धरौटीमा रिहा भएका छन् । हत्याको अभियोग लागेका उदयपुर त्रियुगा नगरपालिकाका निरज खातीलाई जिल्ला अदालत धनुषाले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक त्रियुगा नगरपालिका–७ का प्रमोद रेग्मीको हत्या गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले खातीविरुद्ध अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रेग्मीको गत माघ १३ गते धनुषामा हत्या भएको थियो । ३५ बर्षीय खाती रेग्मीका साला हुन् । प्रहरीका अनुसार खातीले सेयर लगानीसम्बन्धी विवादमा आफूले बाँसको लठ्ठीले टाउकोमा हानेर हत्या गरेको स्वीकारेका थिए ।

बुधबार जिल्ला न्यायाधीश केशव अर्यालको एकल इजलासले खातीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आरोपितले हत्या स्वीकारिसकेको अवस्थामा धरौटीमा छाडिनु आश्चर्य भएको एक प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो ७ दिन पहिले
महाधिवेशन सार्नेबारे राप्रपाको बैठक आज बस्दै महाधिवेशन सार्नेबारे राप्रपाको बैठक आज बस्दै ३१ मिनेट पहिले
भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावाद सधैंको लागि अन्त्य गरौं : कमल थापा भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावाद सधैंको लागि अन्त्य गरौं : कमल थापा २ हप्ता पहिले
काठमाडौं आइपुग्याे चीनले अनुदानमा उपलब्ध गराएको खोप काठमाडौं आइपुग्याे चीनले अनुदानमा उपलब्ध गराएको खोप ३ हप्ता पहिले
हात्तीको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग हात्तीको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारका लागि मन्त्री आलेद्वारा एक लाख सहयोग २ हप्ता पहिले
दलमा निरंकुशता र सत्तामा स्वेच्छाचारिताको यात्रामा ओली दलमा निरंकुशता र सत्तामा स्वेच्छाचारिताको यात्रामा ओली ४ हप्ता पहिले
यस कारण फिर्ता लिन सकेको छैन सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले यस कारण फिर्ता लिन सकेको छैन सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले ४ हप्ता पहिले
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति नौ महिनापछि पक्राउ बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति नौ महिनापछि पक्राउ २ हप्ता पहिले