बिहिबार , बैसाख २, २०७८

सरकार टिकाउन सहयोग मागे मद्दत गर्ने

सरकार टिकाउन सहयोग मागे मद्दत गर्ने

२७ फागुन, काठमाडौं । नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली समूहले मुलुकभर गरिरहेको पार्टी कार्यालय क्याप्चर, गुण्डागर्दी र जबरजस्तीको कडा प्रतिवाद गर्ने भएको छ ।

राजधानीमा बिहीबार बसेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले पार्टीलाई विधिविधानबाहिर नलान नेतृत्वलाई खबरदारी गरेको छ । पार्टीको आन्तरिक एकता कायम राख्दै माओवादी केन्द्रलाई पनि साथमा लिएर जानुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 यस्तै समूहको बुधबार बानेश्‍वरमा बसेको बैठक जिल्ला जिल्लामा भइरहेको पार्टी कार्यालय कब्जाको कडा प्रतिवाद गर्ने निष्कर्षमा पुगेको थियाे। अध्यक्ष ओली समूहले नियोजित रूपमा यस्ता क्रियाकलाप गरिरहेको यो समूहको निष्कर्ष छ ।

यसैबीच, नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार टिकाउन मद्दत नै नमागेको भन्दै मागेमा सहयोग गर्ने बताएको छ । बैठकमा सरकार टिकाउन सहयोग मागेमा मात्रै मद्दत गर्ने भएकाे छ ।

सर्वोच्च अदालतले गत २३ फागुनमा सत्तारुढ नेकपालाई खारेज गर्दै साबिकका एमाले र माओवादी केन्द्र कायम गरेपछि खनाल–नेपाल समूहलाई निषेध गर्दै ओली समूहले एकलौटी रूपमा केन्द्र र तल्ला तहका कार्यालयमा बोर्ड राखेको छ । बोर्ड राख्ने क्रममा कैलाली र सुनसरीमा झडपसमेत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय