बिहिबार , बैसाख २, २०७८

वीपीका नेता भट्टराईको स्वास्थ्यमा सुधार

वीपीका नेता भट्टराईको स्वास्थ्यमा सुधार

फागुन २७ काठमाडौं । हृदयघात भइ नर्भिक अस्पतालमा रहनुभएका नेपाली काँग्रेस (वीपी)का सभापति तथा काठमाडौं नगरका पूर्व मेयर हरिबोल भट्टराईको स्वास्थ्यावस्था बुझ्न पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार थापाथली स्थित नर्भिक अस्पताल पुगी भट्टराईलाई भेटि स्वास्थ्य लाभको कामना गरेका छन ।

त्यसै गरि फागुन २० गते विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्र, र आज फागुन २७ गते नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नर्भिक अस्पताल पुगि स्वास्थ स्थितिबारे जानकारी लिग्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

घरमै रहेका सभापति भट्टराईलाई फागुन १९ गते साँझ ५ बजे तिर अकस्मात स्वास्थ्यमा समस्या देखापरि ललितपुरको स्टार अस्पताल लगिएकोमा हृदयघात भनि नर्भिक रिफर गरेको थियो ।

नर्भिकमा डा।जेपी जैसवाल नेतृत्वको टिमले भेन्टिलेटरमा राखेर उपचार थालिएका भट्टराईको राति साढे ८ बजे मुटुको शल्यक्रिया गरी स्टेन्ट राखेपछि बिस्तारै भोलिपल्ट २० गते दिनको १ बजे तिरबाट भेन्टिलेटरको सपोर्ट हटाइएको थियो ।

२१ गते पूर्णरुपमा होस आएर सामान्य कुराकानी गर्न थालेको सभापति भट्टराईलाई २३ गते बेलुका वार्डमा सारिएकोमा २४ गते पिसाबमा रगत देखा परेपछि पून सिसियुमा भर्ना गरिएको डा. जैसवालले जानकारी दिए ।

७४ वर्षीय सभापति भट्टराईको स्वास्थ्यमा सुधार देखिएकाले स्वास्थ्यावस्था अहिले खतरामुक्त रहेको डा.जैसवालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय