सोमबार , बैसाख ६, २०७८

तेस्रो राष्ट्रिय घरवास कार्यशाला आजदेखि शुरु

तेस्रो राष्ट्रिय घरवास कार्यशाला आजदेखि शुरु

२८ फागुन, सुर्खेत । ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु हुने तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका लागि मुलुकभरका होमस्टे (घरबास) सञ्चालकहरू सुर्खेतमा भेला भएका छन् । कोभिड–१९ पछिको ग्रामीण पर्यटन र घरबासको अवस्थाबारे समीक्षा गर्ने उद्देश्यले वीरेन्द्रनगरको थारू घरबासमा शुरु हुने गोष्ठी तीन दिनसम्म चल्नेछ । कार्यशालामा सहभागी हुन देशभरबाट २०० बढी घरबास सञ्चालक यहाँ आइपुगेका छन् ।

होमस्टे एशोसिएशन नेपाल कर्णाली प्रदेशका अध्यक्ष कृष्णबहादुर थापाले कार्यशालाको पहिलो दिन आज सुर्खेतका घरबास र पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार शनिबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालद्वारा गोष्ठीको उद्घाटन, कार्यपत्र प्रस्तुतीकरण तथा छलफल, आइतबार एशोसिएशनको केन्द्रीय कमिटीको बैठक र गोष्ठीको निचोडबारे पत्रकार सम्मेलनको कार्यक्रम छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

गोष्ठीमा होमस्टे एशोसिएसनका तर्फबाट पशुपति न्यौपानेले घरबासको अवसर तथा चुनौती, रामचन्द्र सेढाईँले कर्णाली प्रदेशमा घरबास, दीपकराज जोशीले कोभिडपछिको घरबासमा स्वच्छता, डा आलोक प्रसाईँले नेपालमा घरबासको नीतिगत अवस्था र राजेन्द्रप्रसाद त्रिपाठीले घरबास तालिम, विकास तथा बजारीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि घरबास सञ्चालकका साथै तारा गाउँ विकास समिति, नेपाल पर्यटन बोर्डलगायत सङ्घसंस्थाका प्रतिनिधिले टिप्पणी गर्नेछन् ।

घरबाससम्बन्धी नीति निर्माणका साथै प्रदेशस्तरीय कार्यविधि निर्माणका लागि पहल गर्ने, अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको घरबासलाई परिचित गराउने, घरबास दर्ता, सञ्चालन एवं निरीक्षण गर्ने कार्यलाई समयसापेक्ष विकास गर्न र कोभिड–१९ पछिको पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय