सोमबार , बैसाख ६, २०७८

माओवादी ब्‍यूँतिएपछि पहिलो पटक प्रचण्ड बुटवलमा

माओवादी ब्‍यूँतिएपछि पहिलो पटक प्रचण्ड बुटवलमा

२८ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल गएका छन् । प्रचण्ड माओवादी ब्‍यूँतिएपछि पहिलो पटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन आज बुटवल गएका हुन् ।

आजबाट बुटवलमा सुरु हुने दलित पत्रकार संघको राष्ट्रिय अधिवेशनको उदघाटन गर्न प्रचण्ड बुटवल आउन लागेका हुन् । शुक्रबार बिहान १० बजे दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गरेपछि प्रचण्डले रुपन्देहीका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

माओवादी केन्द्रले होटल डेनोभोमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रको भोलिको कार्यक्रम नै पार्टीको पहिलो कार्यकर्तास्तरको कार्यक्रम हुने छ ।

फागुन २८,२९ र चैत १ गते सम्म संचालन हुने दलित पत्रकार संघको अधिवेशनको उदघाटन सत्र पूर्वप्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा हुने संघले जनाएको छ ।  करिब ४ सय पत्रकारको सहभागिता रहने उक्त अधिवेशनमा देशभरका ७७ जिल्लाका प्रतिनिधि उपस्थित रहने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय