आइतबार , बैसाख ५, २०७८

इतिहास दोहोरिन सक्छ: कांग्रेस र जसपाको सक्रियता बढ्यो

इतिहास दोहोरिन सक्छ: कांग्रेस र जसपाको सक्रियता बढ्यो

२८ फागुन, काठमाडौं । अन्ततः ०५२ सालदेखि शुरु भएको सत्ता स्वार्थको पुनरावृत्ति नेपाली राजनीतिक जगतले फेरि ब्यहोर्नुपर्ने अवस्था निर्माण भएको छ । त्यसबखत नेकपा एमालेले संसदमा तेस्रो शक्तिका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रधानमन्त्री नै सुम्पिएर विकृति भित्र््याएको थियो । ठीक त्यही अवस्था अहिले निर्माण गर्न फेरि एमाले नै सक्रिय भएको छ । यतिबेलाको पात्र भने राप्रपाको ठाउँमा जनता समाजवादी पार्टी बन्न पुगेको छ ।

नेकपा एमालेको अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा विघटन गर्दा सर्वाेच्च अदालतले मानेन । त्यसपछि बनेको शेरबहादुर देउवा सरकार गिराउन एमालेले राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो । जसले गर्दा संसदीय व्यवस्था नै बद्नाम बन्न पुुगेको थियो । अहिले पनि एमालेले आफ्नो सरकार जोगाउन संसदमा चौथो तर निर्णायक शक्तिका रुपमा देखापरेको जसपालाई उपयोग गर्न उद्यत भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको सिफारिश गलत भनिसक्दापनि लोकलाज र नैतिकताको ख्याल गरिएन । बरु उल्टो राजीनामा दिन्न भन्दै ओलीले अहंकारपूर्ण दम्भी स्वभाव अझै उराल्न थालेका छन् । सामान्य राजनीतिक नैतिकता थियो भने ओलीलाई अब यो देशको असफल नेता भनेर न्यायालय लगायत सारा दुनियाँले भनिसक्दा राजीनामा गरेर मार्ग प्रसस्त गर्थे । तर कम्युनिष्टहरु सत्ताबाट बाहिरिन कीमार्थ चाहँदैनन् भन्ने दृष्टिान्त पुष्टि गर्न ओली प्रवृत्ति नै काफी छ ।

प्राविधिक रुपमा ओली सत्तामा त होलान् तर शासन गर्ने नैतिक र कानूनी हैसियत भने गुमाइसकेका छन् । त्यसैले उनी सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने प्रवृत्ति रहेको आफू जस्तै सोच र स्वभाव भएका मधेश केन्द्रित दललाई रोजेका छन् । त्यही दलमा ओली प्रवृत्तिको कटु आलोचना गर्नेहरु पनि छन् । तर ओली तिनलाई पाखा लगाएर भएपनि प्राविधिक रुपमा सत्ता जोगाउने खेलमा घृणित खेल खेल्दैछन् ।

यसका लागि ओलीले रेशम चौधरीको रिहाई मात्र होइन, संविधान नै संशोधन गरेर मधेशी नेताको विश्वास लिने दाउमा छन् । कुनै बेला राष्ट्रियताको चर्काे भाषण गर्ने ओली भनेका छट्टु स्यालको नेपाली संस्करण हो भन्ने प्रमाणित गर्न उनी तयार छन् । सायद त्यसैका लागि ओली अहिले प्रधानमन्त्री पदका लागि सबै अडान त्याग्न तयार भएका हुन् ।

उता, ओलीको हातबाट जसरी भएपनि सत्ता हत्याउन नेकपा माओवादी केन्द्र पनि लागिपरेको छ । यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विशेष रुपले सक्रिय भएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटे । देउवाले सत्ता राजनीतिमा त्यति धेरै चासो नदेखाएकाले प्रचण्ड सुस्ताएका थिए । तर हिजो प्रधानमन्त्री ओलीसँग जसपा नेताहरुले लामो गुफ्त गु गरेपछि भने बुढानिलकण्ठसमेत सजग भएको छ ।

देउवा निवासमा आज बिहान भेला भएका कांग्रेस नेताहरुले ओली सरकारको निरन्तरता त्यो पनि मधेसी नेताको साथ र समर्थनमा भयो भने कांग्रेसका लागि घातक हुन सक्ने ठहर गरेको छ । नेकपा एमाले प्राविधिक रुपमा एकै ठाउँमा उभिएकाले पनि अब कांग्रेसका लागि निर्वाचन समेत सहज नहुन सक्ने अनुमान गरियो । साथै, अहिले समर्थन जुटाए भने ओली सरकार कायमै रहने र एकलौटी चुनावी सरकार बनाउन सक्ने भन्दै जसरी भएपनि ओलीलाई विस्थापन गर्नुुपर्ने पक्षमा नेताहरु उभिएका छन् । त्यसपछि भने देउवाले प्रचण्डसँग छलफल गरी जसपा नेताहरुसँग साँझ ४ बजे आफ्नै निवासमा भेट्ने तय गरेका छन् ।

देउवाले आफू सत्तामा जान मरिहत्ते नगर्ने बताउँदै आएका बेला एकाएक सत्ता राजनीतिमा रुची देखाएकाले परिस्थिति बदलिन सक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार, ओली सरकार विस्थापित गर्न आवश्यक प¥यो भने सरकारको नेतृत्व गर्न नै देउवले जसपालाई प्रस्ताव गर्ने भएका छन् । त्यसको छनक उनले अध्यक्ष महन्थ ठाकुरलाई दिइसकेका छन् ।

देउवाले यस्तो संकेत गरेपछि जसपाले आजै संसदीय दलको नेतामा ठाकुरलाई चयन गर्ने तयारी थालेको छ । दिउँसो १ बजे दलको बैठक बस्दैछ । यदि ठाकुरलाई प्रधानमन्त्री बनाउने अवस्था निर्माण भयो भने देशमा एकपटक फेरि इतिहास दोहरिनेछ । नयाँ खालको राजनीतिक ध्रुवीकरण हुने सम्भावना पनि देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय