
२८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला अहिले सरकारी निवास बालुवाटारमा आयोजना गर्दैछन् । नेकपा एमाले व्यूँतिएपछि पहिलोपट पर्सि चैत १ गतेका लागि उनले केन्द्रीय कमिटी बैठक डाकेका छन् ।
उक्त बैठक अगावै ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग आज छलफल गर्न लागेका छन् । सर्वाेच्च अदालतले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने निर्णय गरेसँगै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत एमालेमा फर्किसकेका छन् ।
पार्टी व्यँतिएपनि अहिलेसम्म औपचारिक बैठक भने गरिएको छैन । त्यसैले चैत १ गतेका लागि बैठक डाकिएको हो । तर एमालेका दुई गुटका भेला भने भइरहेका छन् । वरिष्ठ नेता खनाल र नेपालले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आयोजना गरिसकेका छन् ।
प्रतिक्रिया