सोमबार , बैसाख ६, २०७८

अब एमाले सग्लो रहँदैन : प्रचण्ड

अब एमाले सग्लो रहँदैन : प्रचण्ड

२८ फागुन, बुटवल । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेकपा एमाले सग्लो नरहने ठोकुवा गरेका छन् । सर्वाेच्च अदालतले पुरानै हैसियतमा फर्काउने निर्णय गरेपछि पहिलो पटक राजधानी बाहिर गएका अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्ताहरुको भेलालाई आज संवोधन गर्दा यस्तो खुलासा गरेका हुन् ।

अदालतले एमाले र माओवादी केन्द्र व्यूँताइदिएकाले प्राविधिक रुपमा माधवकुमार नेपाल र झलनाथ खनालहरु उता पुग्नु भएको हो भन्दै उनले तर अब केपी ओलीले मात्रै एकलौटी गर्ने अवस्था नरहने दावी गरे । अब एमालेमा झलनाथ र माधवहरुले आफ्नो कब्जा जमाउँछन् वा बिद्रोह गर्छन् भन्दै प्रचण्डले त्यसैले स्थानीय तहका कार्यकर्ताहरुलाई संयमित हुन निर्देशन दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पार्टीका कमरेडहरुले माधवजी निकट नेता कार्यकर्तासँग कुनै समस्या परे नचिढ्याउनु भन्दै अध्यक्ष प्रचण्डले जिल्लामा हुने गतिविधिले केन्द्रमा माधवजीहरुलाई पिन्च नहोस् , कुनै काम गर्नुपरे हेडक्वार्टरसँग सल्लाह गरेर मात्र गर्न निर्देशन दिए ।

तपाईंहरु मान्नुहोस् अब एमाले सग्लो रहनेवाला छैन, माधवजीहरुले कब्जा गर्न सक्नुभएन भने विद्रोह हुन्छ , त्यतिखेर संगै मिलेर हामी संघर्षको मैदानमा जानुपर्ने हुनसक्छ– प्रचण्डले भने । माधव नेपाल पक्षसँग अझैपनि सहकार्य हुन सक्ने प्रष्ट गर्दै अध्यक्ष प्रचण्डले त्यसैले नेकपाबारे कुनै निर्णय गर्दा केन्द्रसँग सम्पर्क गर्न भनेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय