बुधबार , बैसाख ८, २०७८

बादल नेकपा एमाले बागमती प्रदेशको इन्चार्ज, प्रदीप ज्ञवाली प्रवक्ता

बादल नेकपा एमाले बागमती प्रदेशको इन्चार्ज, प्रदीप ज्ञवाली प्रवक्ता

२८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महासचिव बाहेकका सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् ।

उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई  नियुक्ति दिएको छ । उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए ।त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ । बागमती प्रदेश इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई जिम्मेवारी दिइएको हाे भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।

बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ। बादल समूहका नेताहरुलाई एमालेको केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि भएको छ । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा ओलीतिर लागेका बादलसहितका नेताहरु माओवादी केन्द्र फर्किएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय