शुक्रबार , बैसाख १०, २०७८

यस वर्ष ओस्कार मनोनितको नाम घोषणा निक र प्रियंकाले गर्ने

यस वर्ष ओस्कार मनोनितको नाम घोषणा निक र प्रियंकाले गर्ने

२८ फागुन, काठमाडौं । यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनसलेगर्ने भएका छन् । यस वर्ष ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुनेछ ।

यो जोडीले एक भिडियोमा भनेका छन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैछौं र मलाई यसबारे थाहा थिएन ।’ इन्स्टाग्राममा प्रियंकाले भिडियो पोस्ट गर्दै भनेकी छिन् । त्यस्तै निकले पनि ‘ओह, तपाईले त पहिल्यै सबैलाई बताउनुभएको थियो कि हामी ओस्कार मनोनितको घोषणा गर्दैछौं ।’ अनि, प्रियंका अलमलमा देखिन्छिन् र फेरि भन्छिन्, ‘ठिक छ, यो निकै राम्रो छ कि हामी ओस्कार मनोनयनको घोषणा गर्दैछौं । हामीलाई लाइभ हेर्नुहोला ।’

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासेफिक डे–लाईट टाइम) मा ओस्कार मनोनयन घोषणा गर्नका लागि आफु निकै उत्साहित रहेको र यसलाई युट्युबमा ओस्कारको आधिकारीक च्यानलमा गएर हेर्न उनले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय